 
                                                                                                      काठमाडौं ।
कृषि  तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले  हालैको बाढीले कृषि क्षेत्रमा पारेको वास्तविक क्षतीको यकिन गरि आगामी रणनीति बनाउन  मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । शनिबार आएको बाढीले कृषि क्षेत्रमा पारेको क्षतीका सम्बन्धमा  आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बसेको आकास्मिक बैठकमा  मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा के -कति क्षती पुर्याएको छ यस्को वास्तविक तथ्यांक छिटो संकलन गर्न निर्देशन दिनुभएको हो ।
मन्त्री अधिकारीले   वाढीले थुप्रै कृषि उपजहरुमा  क्षती पुर्याएको  सुनिएको छ , यसलाई सम्बोधन गर्न  आवश्यक छ,  भन्नुभयो । बैठकमा क्षतीको एकिन तथ्यांक  छिटो संकलन गरि आगामी रणनीति बनाउने निर्णय भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
 
                     
                             
                                                     
                                                     
                                                     
                                                     
                                                    