पृथ्वी राजमार्गको बेल्खुमा कार र मोटरसाइकल पहिरोले पुरियो

पृथ्वी राजमार्गको बेल्खुमा कार र मोटरसाइकल पहिरोले पुरियो

  • Kandara Samachar

  • आइतवार, अशोज १३, २०८१

  • 322
    SHARES
पृथ्वी राजमार्गको बेल्खुमा कार र मोटरसाइकल पहिरोले पुरियो

धादिङ

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिक-५ बेल्खुमा पहिरोले कार र मोटरसाइकल पुरिएको छ ।

काठमाडौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०३० च ५५८८ कार र गजुरीतर्फ आउउँदै गरेको बागमती प्रदेश ०२-०२९ प ७६३६ मोटरसाइकल पहिरोमा परेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं प्रवक्ता प्रल्हाद सिलवालका अनुसार डोजरको सहायताले पहिरो पन्छाउने काम सुरु भएको छ । मानवीय क्षति नभएको सिलवालले जानकारी दिनुभयो । सडक माथीबाट खसेको पहिरोले सवारी आवागमन भने बन्द भएको छ ।
(फाईल फाेटाे)


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar