पहिरो र लेदोले नागढुंगा मुगलिन सडक १० भन्दाबढी ठाउँमा अवरद्ध

पहिरो र लेदोले नागढुंगा मुगलिन सडक १० भन्दाबढी ठाउँमा अवरद्ध

  • Kandara Samachar

  • शुक्रबार, अशोज ११, २०८१

  • 117
    SHARES
पहिरो र लेदोले नागढुंगा मुगलिन सडक १० भन्दाबढी ठाउँमा अवरद्ध


नानु कार्की /धादिङ ।

नागढुंगा मुगलिन सडकको १० भन्दा बढी ठाउँमा राजमार्ग बिहिबारदेखिको अबिरल वर्षको कारण अवरुद्ध हुनेगरि लेदो र पहिलो लडेको छ । शुक्रबार दिनभर वर्ष भइरहेको र राजमार्ग पार गरेर जान नसकिने अवस्था भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
धुनिबेसीको सिस्नेखोलामा पहिरोसँगै आएको लेदोका राजमार्ग अवरुद्ध भएको छ ।
लगातारको वर्षासँगै सडक छेउमा आएको पहिरोको लेदोको कारण सडक अवरुद्ध भएपछि संघीय राजधानी काठमाडौं भित्रिने र राजधानीबाट बाहिरिने सवारीसाधन रोकिएका छन् । सडकमा लेदो थुप्रिएका कारण मोटरसाइकल समेत पार गर्न नसक्ने अवस्था आएको छ भने पहिरो पन्छाउन समेत निरन्तर वर्षा भएको लेदो आइरहेकोलेसकिएको छैन । सुरुङमार्गको प्रवेशद्धार अगाडिपट्टि आएको पहिरो बाट झरेको लेदो सडकमा आउँदा अवरुद्ध भएको हो ।
यसैगरि नागढुंगा नौबिसे क्षेत्रमा अन्य भागमा समेत पहिरो लडेको र राजमार्ग अवरद्ध भएको छ ।
खत्रिपौवा, महादेबबेसी, कोइराले आदी स्थानहरुमा सडकमा पहिरो आएपनि हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक प्रल्हाद सिलवालले जानकारी दिनुभएको छ ।
। मलेखु, हिलटप फुर्केखोला क्षेत्रमा पहिरो लडेकोले सडक अवरुद्ध भएको छ । जोगिमारा क्षेत्रमा समेत सडक माथीबाट लेदो आएपछि वर्षा भइरहेकोले राजमार्ग अवरुद्ध रहेको छ ।
निरन्तर वर्षा र पहिरोले राजमार्गमा जताततै यातायात साधन रोकिएका छन् । यात्रु अलपत्र छन् भने लाइफलाइन मानिएको राजमार्ग बन्द भएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar