संविधानले प्रभाव नपारेकाे मासखर्ककाे दु:ख

संविधानले प्रभाव नपारेकाे मासखर्ककाे दु:ख

  • सीताराम अधिकारी

  • बुधबार, अशोज २, २०८१

  • 230
    SHARES
संविधानले प्रभाव नपारेकाे मासखर्ककाे दु:ख

धादिङ ।

सदरमुकाम धादिङबेसीमा संविधान दिवसकाे कार्यक्रम तिनदिनसम्म बनाउने किसिमकाे छ । वृक्षाराेपण, प्रवचन, र्याली, अादी कार्यक्रम भएपनि अति गरिव चेपाङ समुदायका लागि पनि ल्याईएकाे गणतन्त्र र यसकाे संविधानले असर पार्न सकेकाे छैन ।
बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर २ को मासखर्कका उद्धव चेपाङ । च्यातिएको अर्कैले दिएको पाइनट काटेर बनाइएको कट्टु, पुरानो मैलो परेको गन्जी र सर्टमा घरआँगनमा भेटिनुभयो ।

खरले छाएको छानो भएको घर, लड्नै लागेको ढुंगामाटोको घर अनि २/३ डोको मकै फल्दै गरेको कोदो , आफ्नो ५ जनाको परिवार सहित २ भान्जीहरु समेत घरमा पालेर बसेका उद्धव चेपाङ मेलापात गरेर परिवार धानिरहेका छन् ।
देख्दैमा टिठलाग्दो र कारुणिक अवस्थाको यो उद्धव चेपाङ परिवारले सरकारको राहत र सहयोग विना नै आफूलाई जिउँदो उभ्याउन सकिरहनुभएको छ ।
एक वर्ष अघि आमा गुमाएका ९ वर्षका उद्धवका भन्जी अन्जिता चेपाङ र ७ वार्षकी भान्जी मजिता चेपाङको आमा सुकुमायाँको १० महिनाअघि टिभि रोग लागेर उपचार गराउन नसकेपछि मृत्यु भयो । बालिकाका बबाबु ज्यालागर्न घर छाडेर हिडेपछि मामा माइजुको सहारामा आइपुगेका उनिहरु पढाइलाई कठिन अवस्थामा पनि निरन्तरता दिइरहेका छन् । घरमा लगाउने कपडा समेत नभएपछि परिवारका सदस्य आम्दानी नभएकोले कसैले दिएको कपडामा सुत्केरी हुँदा समेत बस्न बाध्य छन् ।
नजिकै पंचकन्या आवि भएकोले कठिन अवस्थामा पनि बालबालिकाले पढाइलाई भने निरन्तरता दिइरहेका छन् । ३ कक्षासम्म अध्यायन हुने विद्यालयमा ३० जना छात्रा र २४ जना छात्र पढ्न आउने गरेको विद्यालयका शिक्षक अजूृन चेपाङले नेपाल समाचारपत्रलाई बताउनुभयो ।
मासखर्क गरिवीसंग जुधिरहेको यो गाउँमा अझैपनि खर (फुस) को छाना भएको घर उद्ध्व चेपाङको मात्र नभएर नीमबहादुर चेपाङ, धनलाल चेपाङ, सानुमायाँ चेपाङ र पंचलाल चेपाङको पनि छ ।
मासखर्कमा ३५ घर चेपाङ समूदायको घर परिवार बसोबास गर्छन् । सबैको अवस्था भने एकपेट खान र लाज छोप्ने कपडा खोज्नमै संघर्ष गरिरहनु परेको छ ।
न उनिहरुले वर्षभरी खान पाउँछन् न उनिहरु काम खोज्न गएर पेटभर्न र लुगा लगाउन पाउने आम्दानी हुने अवस्था छ । गरिवीहरुको बसोबास रहेको मासखर्कमा भोटको समयमा आफुलाई भोटमाग्न आउनेभन्दा बाहेक कोहीपनि गाउँ जाने नै नगरेको चेपाङ समूदायको वकासका लागि पैरवी गर्दै आउनुभएका अर्का एकजना शिक्षक तिलक चेपाङ गाउँबासीको आम्दानीहुने कार्यक्रम व्यवहारिक रुपमा ल्याउनु पर्ने बताउनुहुन्छ ।
राज्यको मुख्य ठाउँमा यहि स्थानको भोट लिएर जितेका जनप्रतिनिधिहरु पुगेका छन् । राजेन्द्र प्रसाद पाण्डे यहि जनताको विकासका लागि लाग्ने भनेर मत लिएर अहिलेसम्म बहुदाल आएपछि निरन्तर हुनुहुन्छ । शहर र सदरमुकाममा सम्बिधान दिवस मनाईरहँदा मासखर्कमा भने बेलुकाे छाकटार्ने जाेहाे गर्ने चिन्ता बाहेक केही छैन ।
संघीयता लागुभएपछि विकास हुन्छ भनठानेका जनताले आफूले भोट दिनेगरेको र दिइरहेको नेता राजेन्द्र पाण्डे र शालिकराम जम्कट्टेल मुख्यमन्त्री हुनुभयो । तर गाउँबासीले भोटदिने दिन खाजा खानेभन्दा बाहेक सुबिधाको लागि दिर्घकालिन सोच राखेर कसैले पनि कार्यक्रम नलाएको गाउँबासीको भनाइ छ ।
स्थानीय सरकारले विद्यालयमा दिवा खाजा बाहेक गरिब विद्यार्थीका लागि खास योजना नबनाएको मासखर्कबासीको गुनासो छ । स्वास्थय सेवा लिन समेत नपाएपछि टिभि रोग लागेर मृत्यु भएको उदाहरण आफ्नै गाउँमा भएकोले जनताका लागि नाना खाना र छानाको लागि दिर्घकालिन कार्यक्रम ल्याउन चेपाङ समुदायले माग गरिरहेका छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar