१० वर्षअघि गुम्बामा छाडिएका अभिशेक अभिभावक खाेज्दै

१० वर्षअघि गुम्बामा छाडिएका अभिशेक अभिभावक खाेज्दै

  • Kandara Samachar

  • बिहिबार, भदौ २७, २०८१

  • 254
    SHARES
१० वर्षअघि गुम्बामा छाडिएका अभिशेक  अभिभावक खाेज्दै

सीताराम अधिकारी/धादिङ ।

१० वर्षअघि गुम्बामा छाडे । सानाे बच्चा छाडेर एकाे एकवर्षजति अामा वा बाबू भेट्ने गर्थे । एकवर्षपछि दशैमा घर जान लिन आउँला भनेर गए । त्यसपछि बाबू आमा हराए । फाेन समेत नलागेछि अनेकन हण्डर ठक्कर खाँदै १० वर्ष वित्याे तर परिवार भेटियन।
एउटा टिसर्ट लगाएका गहुँगोरो, अन्दाजी १४ वर्षको अभिशेक स्याङतान तामाङ नाम बताउने बालक धादिङबेसीमा बाबु आमा खोज्दै आइपुगे ।
उनि ५ वर्षको हुँदा आमाले आफ्नो घर धादिङ चौतारा बताएपछि उनि धादिङ आएका हुन् ।
करिब १० वर्ष अघि काठमाण्डौको स्वयम्भुमा रहेको एउटा एउटा गुम्बामा उनलाई बाबु आमाले १० वर्षअघि बौद्ध सम्बन्धी पढाइ गर्न गुम्बामा छाडेर गएका थिए । बाबु आमा आएर छाडेर गएपछि एकवर्ष जति कहिले बाबु सुनिल, कहिले आमा सुनिता भेट्न आउँथे । आफ्नो घर धादिङ चौतारा हो भनेर उनलाई उनका आमाले बताएका थिए । एक वर्षपछि बाट बाबु आमा भेट्न आएनन् । उनलाई बाबु शुनिलको फोन नम्बर ९८४०३१७७१० र आमा सुनिताको फोन नम्बर ९८६९२४२५९९ अहिलेपनि कण्ठस्थ छ ।
जब बाबु आमा गुम्बामा भेट्न आउन छाडे तब देखि फोन लाग्न छाड्यो । अभिशेक पनि गुम्बा छाडेर भागे । काठमाण्डौको सडक बालक भएर हिडेपछि उनी कहिले सडक पेटीमा त कहिले माग्दै कसैको आगनमा राज गुजारा गर्दै आए । ८ वर्षअघि सडक बालक उद्धार गरेपछि नेपाल प्रहरीको बालबालिका खोजतलास केन्द्रले दोलखाको सिपिसिएस भन्ने संस्थामा पुर्यायो ।
अनुहार अध्यायरो लगाएर परिवार खोज्दै एकजना संरक्षकको सहयोगमा धादिङबेसी आएका अभिशेकले पत्रकारहरुलाई आफ्नो कथा बताउँदा भक्कानिएर रोएका थिए । निहुरिएर आँसु पुछेका अभिशेकले दोलखाबाट करिब एक वर्षपछि भागेर एउटा बस चढेर पुनः काठमाण्डौमा सडक बालक बनेको कथा सुनाउनुभयो ।
केहीसमय पछिको सडक बालकको नारकिय जिवनपछि नेपाल प्रहरीले उद्धार गरेर उनलाई बौद्धको सुधारकेन्द्रमा राख्यो । १४ महिना बसेपछि उनलाई कुक तालिम सिक्ने अबसर आयो कुक तालिम सिकेपछि काटगर्ने अबसरपनि पाए । स्मार्ट क्याफेमा २ वर्ष कुकको काम गरे । तर काठमाण्डौमा बालबालिकालाई कामकमा लगाउन नपाइने भएकोले होटल साहुले नागरिकता मागे । उनिसंग जन्म दर्ता समेत नभएकोले काम छाड्न बाध्य भए । परिवारले छाडेपछि विछिप्त हुँदै सम्हालिँदै आएका अभिशेकले बस्ने र खाने ठाउँ फेरी पाएनन् उनि फेरी सडकमै पुगे । उनि बालक नै भएको र सडकमा भौतारिएको अवस्थामा मकवानपुर चितलाङका राजुकाजी गमालले २ वर्षदेखि संरक्षक बनेर राख्नु भएको छ । हाल अभिशेक पढ्न रुचाउने भएका छन् । एकपटक पढेपछि दिमागमा ख्याल राख्छन् ।
अभिशेकले पढ्न रुची राखेपछि गमालले स्वच्छन्द भैरब माविमा लगे । विद्यालयले पढाइका लागि जन्म दर्ता माग गर्यो । अभिशेकको जन्म दर्ता नभएकोले हाल विद्यालयमा पढ्दै गरेपनि जन्म दर्ता ल्याएपछि मात्र भर्ना गर्न पाइने व्यवस्था छ ।
अभिशेकलाई आमाले धादिङ घर बताएको धादिङ चौतारामा घर घर छिरेर सोधखोज गरियो । अहिले उनि परिवारको खोजी गरेर जन्म दर्ता गर्ने र पढाइलाई अघि बढाउने पक्षमा भएपनि रोकिएकोले परिवार खोज्न आएका हुन् । गमाल संरक्षक बनेर जिल्ला प्रशासन कार्यालयमा परिवार खोज्ने कार्यमा सहयोग गर्न निवेदन दिएका बालक अभिशेकले ट्रक चालक बाबु, होचो कदको भएको, हातमा ट्याटु खोपेको देखिएमा खबर गरेर आफ्नो भविश्य सुनिश्चित गर्न सहयोग गरिदिन सबैलाई आग्रह गर्नुभएको छ ।
आफूलाई भेट्न नचाहेको भएपनि जन्मदर्ता गरि आफ्नो परिचय दिएमा आफू उनि तयार भएको र संरक्षक बस्नु भएका गमालले पढाइका लागि सघाउने र धादिङ खाल्टेका पवन ढुंगानाले बस्नका लागि बनाउने जगा दिने प्रतिवद्धता जनाउनुभएको छ ।
अभिशेकका लागि धादिङ चौतारा वा धादिङमा गाडी चालक शुनिल स्याङतान, जसको हातमा ट्याटु छ लाई खोजी गरेर संपर्कमा ल्याउन अभिशेकले आग्रह गर्नुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar