बालिका बलात्कार गर्ने भारतिय नागरिकलाई १२ वर्ष कैद, ५ लाख जरिवाना

बालिका बलात्कार गर्ने भारतिय नागरिकलाई १२ वर्ष कैद, ५ लाख जरिवाना

  • Kandara Samachar

  • बुधबार, भदौ २६, २०८१

  • 82
    SHARES
बालिका बलात्कार गर्ने भारतिय नागरिकलाई  १२ वर्ष कैद, ५ लाख जरिवाना

धादिङ ।

१४ वर्षीय बालिकालाई बलात्कार गरेको कसुरमा भारतीय नागरिक ४० वर्षीय संजयकुमार प्रसादलाई १२ वर्ष कैद सजायाँको फैसला गरिएको छ । अदालतले कसुरदारको ठेगाना बेनिघाटरोराङ गाउँपालिका–७ उल्लेख गरेको छ ।
जिल्ला न्यायधिस मनकुमारी जिएम विकले ०८१ भदौ २५ गते सो फैसला गर्दै कसुरदारलाई ५ लाख जरिवाना गर्न र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति दिन फैसला गरिएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो ।
कसुरदारले ०८० बैशाख १ गते बालिका बलातकार गरेको भन्दै पीडित परिवारले ०८० बैशाख २८ गते इलाका प्रहरी कार्यालय गजुरीमा मुद्दा दर्ता भएको थियो । पीडितको बैशाख २८ गते नै धादिङ अस्पतालमा स्वास्थ्य परिषण भएको थियो । तत्कालिन अवस्थामा फरार भएका कसुरदार ०८१ बेशाख २ गते प्रहरीले गिरफ्तारकोमा बैशाख १६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरि बैशाख १७ गतेदेखि पुरपक्षका लाथि थुनामा थिए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar