पाेल ढलेपछि सदरमुकाममा विद्युत सेवा अवरुद्ध

पाेल ढलेपछि सदरमुकाममा विद्युत सेवा अवरुद्ध

  • Kandara Samachar

  • आइतवार, भदौ १६, २०८१

  • 220
    SHARES
पाेल ढलेपछि सदरमुकाममा विद्युत सेवा अवरुद्ध

धादिङ ।
निरन्तरको वर्षासंगैको रुख ढलेर विद्युतको खम्बा भाँचिएपछि सदरमुकाम धादिङबेसी आसपासको विद्युत अवरुद्द बनेको छ ।
नीलकण्ठ नगापालिका-५ खाल्टेमा खम्बा ढलेको र नयाँ खम्बा हाल्नुपर्ने भएकोले विद्युत सुचारु गर्न केही समय लाग्ने नेपाल विद्युत प्राधिकरण धादिङबेसी बितरण केन्द्रका प्रमुख सुधिर कुमार रायले जाअकारी दिए ।
धादिङ-देविघाट ३३ केभी लाइन खाल्टेमा अवरुद्ध हुँदा धादिङबेसी र सल्यानटार केन्द्रबाट वितरण हुने लाइन अबरुद्द भएको हो । पानी परिरहेको र धादिङबेसीबाटै खम्बा लानुपर्ने भएकोले विद्युत सुचारु गर्न केही घण्टा समय लाग्ने रायले जानकारी दिए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar