हराईरहेका तीन बालिका बागलुङमा भेटिए

हराईरहेका तीन बालिका बागलुङमा भेटिए

  • Kandara Samachar

  • मङ्लबार, साउन २९, २०८१

  • 95
    SHARES
हराईरहेका तीन बालिका बागलुङमा भेटिए

धादिङ–
गत बुधबारदेखी सम्पर्कविहिन रहेका धादिङका तिन बालिका बाग्लुङमा भेटिएका छन् ।

सदरमुकाम धादिङबेशीमा रहेको निलकण्ठ माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत तीन जना बालिकाहरुलाई जिल्ला प्रहरी कार्यालय बाग्लुङले सोमबार बाग्लुङमा भेटाएको हो ।

१४ वर्षीय रोशनी विक, सुशिला तामाङ र अस्मिता गुरुङलाई धादिङ र बाग्लुङ्ग प्रहरीले खोजी गरी उद्धार गर्न सफल भएको हो।

अहिले उनीहरु जिल्ला प्रहरी कार्यालय बाग्लुङमा रहेका छन् ।

घटनाको अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

अभिभावकहरुसँग कुराकानी भइ रहेको र बालिकाहरुलाई धादिङ ल्याउने तयारी पनि भइ रहेको मिश्रले बताउनुभयो ।

२३ गते बिहान बिद्यालय पोषाकमा घरबाट हिंडेका यी छात्राहरू बिद्यालय नआइ धादिङबेशी बीचबजारबाट सम्पर्कविहीन भएका थिए ।

विद्यालय जाने भनेर निस्केका बालिकाहरु घर नफर्केपछि अभिभावकहरुले खोजी गरेका हुन् ।अभिभावकहरुले गत बिहिबार जिल्ला प्रहरी कार्यालय धादिङ पुगेर आफ्ना नानीहरु खोजी गरि दिन निवेदन दिएका थिए ।

परिवारसँग धादिङबेशीमा बस्दै आएका रश्मि विक त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७, सुशीला तामाङ नेत्रावती डबजोङ गाउँपालिका वडा नं ४ र अस्मिता गुरुङ नीलकण्ठ नगरपालिका वडा न.२ भुलभुलेकी हुन् ।
प्रहरीले उद्धार गरेकाे बालिका धादिङ ल्याईदै गरेकाे प्रहरीले जनाएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar