केपि अाेली सहित एमाले कार्यकर्ता सिध्याउने धम्की दिने गजुरीका कर्मचारीलाई कारबाही गर्न माग ।

केपि अाेली सहित एमाले कार्यकर्ता सिध्याउने धम्की दिने गजुरीका कर्मचारीलाई कारबाही गर्न माग ।

  • Kandara Samachar

  • आइतवार, साउन २७, २०८१

  • 939
    SHARES
केपि अाेली सहित एमाले कार्यकर्ता सिध्याउने धम्की दिने गजुरीका कर्मचारीलाई कारबाही गर्न माग ।

धादिङ ।

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपि अाेली सहित गजुरी गाउँ पालिकाका एमाले कार्यकर्ताहरुलाई सिध्याईदिने धम्की दिने गजुरी गाउँपालिकाका कर्मचारी राजन लामालाई कारबाही गर्न नेकपा एमाले गजुरीले प्रेस विज्ञप्ति प्रकाशन गरि माग गरेकाे छ ।
नेकपा एमाले गजुरीका अध्यक्ष रामचन्द्र मिजारले आईतबार प्रेस विज्ञप्ति प्रकाशन गर्दै एमाले नेता तथा कार्यकर्ताहरुलाई खेलकुदका प्रशिक्षकमा १ वर्षअघि नियुक्ति लिएका राजन लामाले काट्ने, मार्ने, धम्क्याउने शब्दावली प्रयाेग गरि एक महिनादेखि निरन्तर फेसबुक स्टाटस मार्फत धम्कीपूर्ण स्टाटस लेख्दै अाएका छन् ।
गजुरी गाउँ पालिका वडा नम्बर ६ का नेकपा माअाेवादी केन्द्र का कार्यकर्तालाई गजुरी गाउपालिकाले खेलकुद प्रशिक्षक नभई पार्टी कार्यकर्ताकाे रुपमा भर्ना गरेपछि गाउमा समेत त्रास फैलाउदै अाएकाे गजुरीबासीकाे भनाइ छ ।
एमाले कार्यकर्तालाई छानी छानी १ महिनामै १७ हजार मारिने छ भनी मिति ०८१ साउन २५ गते खेलकुद प्रशिक्षक लामाले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग र नेपाल सरकारको विचमा भइरहेको “डेडिकेटेड फिडर तथा ट्रङ्ग लाईनको विद्युत महसुल विवाद समाधान” सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमा लेखेको धम्कीपुर्ण लेख (स्टाटस) ले नेकपा (एमाले) गजुरी गाउपालिका कमिटीको गम्भिर ध्यानाकर्षण भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो समयमा सामाजिक सन्जाल फेसबुक मार्फत प्रधानमन्त्री केपि शर्मा वली बिरुद्ध अत्यन्तै तथ्यहिन र भ्रामक कुरा लेख्दै आईरहेकोमा त्यस्तो नगर्न सुझाव दिंदा एमालेका स्थानीय नेता कार्यकर्ताको जुनसुकै बेला ज्यान लिन सक्ने धम्की दिदै लामाले फेसबुक स्टाटसहरु लेख्ने गरेका छन् ।
स्थानीय तहमा कार्यरत कर्मचारी भएपनि लामाले पुष्पकमल दहाल प्रधानमन्त्रीबाट हटेर केपि शर्मा वली प्रधानमन्त्री बनेपछि प्रधानमन्त्री वली बिरुद्ध गाली गलौज गर्दै वलीको ज्यान लिने सम्मको धम्की दिएर फेसबुकमा लेख्दै आईरहेको नेकपा एमाले धादिङका जिल्ला कमिटी सदस्य समेत रहेका गजुरी गाउँपालिकाका कार्यपालिका सदस्य आयुष प्रजाले वताउनुभयाे । लामाले आयुष लाई समेत ज्यान लिने धम्की दिएको फेसबुक स्टाटसमा स्पष्ट देख्न सकिन्छ ।
लामाले शक्तिको आडमा सामाजिक सन्जाल मार्फत बिशेष गरी नेकपा एमाले बिरुद्ध अफवाह फैलाउनुका साथै त्यस्को प्रतिवाद गर्ने व्यक्तिलाई ज्यान मार्ने धम्की दिएर लामो समय देखि आतंक मच्चाउँदै आईरहेको नेकपा एमाले गजुरीका अध्यक्ष रामचन्द्र मिजारले वताए ।
लामाको व्यवहार गलत भएको बारेमा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठलाई पटक पटक सचेत गराउँदा पनि श्रेष्ठले कारवाही गर्नुको साटो संरक्षण दिंदै आएकाले कानूनी उपचारमा जान आंफुहरुलाई वाध्य बनाएकोे अध्यक्ष मिजारले वताउनुभएकाे छ।
लामालाई कारबाहीकाे माग गर्दै ईलाका प्रहरी कार्यालय गजुरीमा आइतबार उजुरी दर्ता गराइएको मिजारले जानकारी दिनुभयाे ।
लामा २०८० भदौ १३ गते देखि गजुरी गाउँपालिकाको खेलकूद प्रशिक्षक पदमा कार्यरत छन । सरकारी कर्मचारीको हैसियतमा भएर पनि सामाजिक सन्जालको दुरुपयोग गरि धाक धम्की, डर त्रास देखाउने काम लामाले गर्दै आएको र त्यस्तो नगर्न सुझाव दिंदा उल्टै आफ्ना साथीहरुको ज्यान लिने धम्की दिएको भन्दै नेकपा एमाले गजुरी गाउँपालिकाले इलाका प्रहरी कार्यालय गजुरी र गजुरी गाउँपालिकामा पटक पटक ध्यानाकर्षण गराएपनि कुनै कारवाही नभएपछि उनको मनोवल बढेको एमाले गजुरीका पूर्व अध्यक्ष माधव भण्डारी बताउँछन ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar