विद्यालय जाने भनेर व्यूटि पार्लर गएका ३ बालिका बेपत्ता

विद्यालय जाने भनेर व्यूटि पार्लर गएका ३ बालिका बेपत्ता

  • Kandara Samachar

  • शुक्रबार, साउन २५, २०८१

  • 877
    SHARES
विद्यालय जाने भनेर व्यूटि पार्लर गएका ३ बालिका बेपत्ता

सीताराम अधिकारी/धादिङ ।
त्यसदिन नीलकण्ठ बालमन्दिर मावि कक्षा ९ मा अध्यइान गर्ने १४ वर्षका तिन बालिका घरबाट विद्यालयका लागि हिडेका थिए । उनिहरुले विद्यालय पोशाक लगाएर घरबाट निस्केपनि अन्या लुगा समेत झलोमा हालेर निस्केका रहेछन् ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ का विष्णु विकको छोरी रस्मी विक आमाबाबु समेत धादिङबेसी बसेको लामो समय भयो । बिहान बाबुलाई विद्यालय जान भनेर पौने आठबजे घरबाट निस्कीइन । घरबाट निस्केर बाटोमा रहेको आफ्नै कक्षाकी शुशिला तामाङको कोठामा पुगिन । शुशिला उनका दाइसंग बस्थिन् । उनको परिवार नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ४ मा खेती किसानी गरेर बस्छन् ।
नीलकण्ठ नगरपालिका वडा न.२ भुलभुलेकी सोही कक्षाकी अस्मिता गुरुङ पनि शुििशलाको कोठामा जम्मा भए । उनिहरुले विद्यालय पोशाक लगाए । मेकपका सामान र विद्यालय पोशाक बाहेकको लुगा समेत किताबकापी बोक्ने झोलामा हालेर विद्यालयतर्फ गए । बिहान १० बजे विद्यालय पुगेपछि उनिहरु बजारतिर मोडिए । यतिसम्मको घटना जानकारी राखेका शुशिलाका दाजु संजयले निन्याउरो अनुहार लगाएर बहिनी खोजिदिन अनुरोध गर्दै बताएपछि अरु परिवारका मानिसपनि मलिन अनुहारमा धादिङबेसीमा एकसाथ भेटिनुभयो ।
विद्यालय हिडेका उनिहरु धादिङबेसीमा रहेको कौशिक व्यूटिपर्लरमा गएर थाइकट कपाल काटे र अन्य मेकप गरे त्याहाँ ५ सय रुपैयाँ तिरेपछि दिउँसो १ बजेतिर उनिहरु पसलबाट गाडी छुट्छ भन्दै हतार गरेर निस्किए त्यपछि कता गए कसैलाई कुनै जानकारी नभएको र अपुष्ट खबरहरु कहिले काठमाण्डौ पुगेको, कहिले बागलुङ पुगेको, कहिले मुस्ताङ पुगेको खबरहरु आएपनि उनिहरु कहाँ किन गए कसैलाई जानकारी नभएकोले खोजी गरि उद्धार गर्नु पर्ने भएको हराइरहेकी अस्मिता गुरुङकी दिदि सुस्मिता गुरुङले बताउनुभयो ।
परिवारका मानिसहरु छटपटाइरहेका थिए । मानव बेचविखनको गिरोहले भारत लगेर बेचिदिन्छ कि ? वा कुनै दलालले कुनै घटना गराउँछ कि ? परिवारको तर्फबाट खोजी गर्न आउनुभएका शुशिला तामाङकी आमा निरमायाँले गहभरी आँसु पारेर आशंका व्यक्त गर्नुभयो ।
साउन २३ गते हराएका कक्षा ९ मा अध्ययन गर्ने १४ वर्षीया रस्मी बिक, शुशिला तामाङ र अस्मिता गुरुङको खोजि गरिदिन परिवारको तर्फबाट जिल्ला प्रहरी कार्यालयमा फोटो सहित साउन २४ गते खोजतलासको निवेदन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मकेन्द्र कुमार मिश्रले खोजतलासका लागि देशभरको प्रहरी कार्यालय, देश बाहिरिने सिमा क्षेत्रमा फोटो सहित हुलिया पठाएर खोजबिन थालेको बताउँदै हराएका बालिकाहरुसंग भएको मोबाइलको लोकेशन पत्ता नलागेकोले यकिन गर्न नसकिएको बताउनुभयो । खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
परिवार खोजी गरिरहेको र आतिइसकेको अवस्थामा अभिभावकहरु अध्यायन गर्ने विद्यालय नीलक(ण्ठ बालमन्दिर विद्यालयका प्रधानाध्यापक र कक्षा शिक्षकलाई विद्यालय नआएको दिन जानकारी नगराएको सम्बन्धमा जानकारी माग्दा धेरै विद्यार्थी भएको जानकारी दिन नसकेको बताएको खोजीका लागि हिड्नुभएका सुस्मिता गुरुङको भनाइ छ ।
बालिकाहरुलाई कँही कतै कसैले देखेमा वा भेटेमा नजिकको प्रहरी कार्यालय वा विष्णु विक ९८४०७७९३२७, निरमायाँ तामाङ ९८६६२६२६५८, सुस्मिता गुरुङ ९७६९७६४८१० मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar