ट्रान्सर्फमरमा पड्किँदा झार्लाङकाे ५० घर अन्धकार

ट्रान्सर्फमरमा पड्किँदा झार्लाङकाे ५० घर अन्धकार

  • Kandara Samachar

  • शनिबार, साउन ५, २०८१

  • 167
    SHARES
ट्रान्सर्फमरमा पड्किँदा झार्लाङकाे  ५० घर अन्धकार

धादिङ ।

उत्तरी धादिङको खनियाबास गाउँ पालिका वडा नम्बर १ मा रहेकाे केन्द्रीय विद्युत प्रसारण लाईनकाे विद्युत ट्रान्सर्फमर पड्किँदा ६ दिनदेखि विद्युतसेवा अवरुद्ध भएकाे छ ।
च्यामथली मेघामा रहेकाे ट्रान्सफरमर पानी परिरहेकाे अवस्थामा पड्एपछि विद्युत सेवा ६ दिनदेखि बन्द भएकाे सिरज तामाङले टेलिफाेनबाट जानकारी दिनुभयो ।
च्यामथली, बुधु, छापचेत, पेर्चाे ओंगुल लगायत ५० घरधुरी अन्धकारमा भएकाेले स्थानियबासीले जानकारी दिएका छन् ।
पाचदिनअघ साेही क्षेत्रमा चट्याङ परेकाे भएपनि ट्रान्सर्फमरमा चट्याङ नपरेकाे स्थानीयकाे भनाइ छ ।
विजुली बत्ती नअाउँदा साेलार राखेकाे यश गाउमा हाल विजुली बलेपछि साेलार समेत नभएपछि गाउँ अन्धकार भएको हाे ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar