नाैबिसे मुगलिन खण्ड अवरुद्ध

नाैबिसे मुगलिन खण्ड अवरुद्ध

  • Kandara Samachar

  • बिहिबार, असार २८, २०८१

  • 142
    SHARES
नाैबिसे मुगलिन खण्ड अवरुद्ध

रामहरी थापा/धादिङ ।

लगातारकाे वर्षाका कारण पृथ्वी राजमार्गकाे नाैबिसे मुगलिनखण्ड अवरुद्ध भएकाे छ ।
धादिङको सिमानामा पर्ने चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा बिहीवार बिहान पहिरोे खस्दा अवरुद्ध भएकाे हाे ।
सडक डिभिजन कार्यालय र राजमार्ग निर्मनण कम्पनिकाे डाेजरकाे सहायताले पहिराे पन्छाउने कार्य भईरहेकाे छ ।
पृथ्वी राजमार्ग अन्तरगत बेनिघाट राेराङकाे जाेगिमारा क्षेत्रमा पनि पहिराे खसेकाे छ । राजमार्ग माथि सडक खनेका कारण पहिराे झरिरहेकाे, र लेदाे खसेर सडक एकतर्फी भएकाे स्थानीयले जानकारी दिएका छन् । गल्छी बैरेनी क्षेत्रमा सडकमा जमेकाे लेदाे हिलाेका कारण साना सवारी लेदाे पन्छाएपछिमात्र संचालन हुने अवस्थामा छ ।
एकसातादेखिकाे वर्षाका कारण एकदर्जन भन्दा बढि स्थानमा सडक एकतर्फी भएकाे छ । पानी परिरहेकाे समयमा सडकमा सवारि चलाउनु बढि जाेखिम भएकाेले सावधानी अपनाउन अाग्रह समेत गरिएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar