नेपाली काँग्रेसमा विवाद: एकपक्षले जिल्ला सम्मेलन वहिस्कार गर्याे

नेपाली काँग्रेसमा विवाद: एकपक्षले जिल्ला सम्मेलन वहिस्कार गर्याे

  • Kandara Samachar

  • शनिबार, कार्तिक १८, २०८०

  • 237
    SHARES
नेपाली काँग्रेसमा विवाद: एकपक्षले जिल्ला सम्मेलन वहिस्कार गर्याे

कन्दरा समाचार
धादिङ ।
नेपाली कांग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनमा चरम विवाद देखिएको छ ।
केन्द्रमा रहेकाे शेरबहादुर देउवा र शेखर काेईरालाबिचकाे गुट जिल्लामा पनि देखिएकाे छ । काेईरालाकाे नेतृत्व जिल्लामा सभापति रामनाथ अधिकारीले गर्नु भएकाे छ भने देउवाकाे नेतृत्व जिल्लामा निलकण्ठ नगरपालिकाका प्रमुख ढुंगानाले गर्नुभएकाे छ ।
दुबै पक्षकाे पकड हाराहारी रहेकाे धादिङमा पहिलाे पटक गरिएकाे सम्मेलनकाे अन्तिम चरणमा ढुंगाना पक्षले बहिस्कार गरेकाे छ ।

नेपाली कांग्रेस नेता शेखर कोईरालाले उद्घाटन गर्नुभएकाे प्रथम जिल्ला सम्मेलन केन्द्रीय सदस्य दिलमान पाख्रिन, निवर्तमान सभापति रमेश धमला समेतकाे समर्थनमा गत जिल्ला अधिवेशनमा ढुंगाना झिनाे मतले पराजित भएका थिए ।
पार्टीलाई विधानत संचालन गर्न पटक पटक आग्रह गर्दा पनि सभापति रामनाथ अधिकारीले स्वच्छचारी ढंगबाट पार्टी संचालन गरेकाले बहिस्कार गर्नुपरेको पत्रकार सम्मेलनमा ढुंगानाले जानकारी दिनुभयो । जिल्ला सम्मेलनमा महासमित सदस्य बासु तिम्मलसेना र दुवै क्षेत्रका क्षेत्रीय सभापति द्वय राकेश धमला, कुमार सिंखडा पनि सहभागि नहुने भएका छन् ।
पत्रकार सम्मेलनमा सहभागि निवर्तमान सभापति धमलाले जिल्ला सम्मेलन गुटको भेला मात्र भएकाले सहभागि नहुन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको थियाे ।
जिल्ला कार्य समितिले विधान विपरित २० प्रतिशत भन्दा बढि सदस्य नियुक्ति गरेकाे, गर्नुपर्ने काम नगरेकाे, निवर्तमान सभापति तथा पराजित सभापतिकाे परामर्श नलिएकाे, विभागहरु गठन नगरेकाे ढुंगाना पक्षकाे अाराेप छ ।
नेपाली काग्रेस सभापति रामनाथ अधिकारीले पनि छुट्टै पत्रकार सम्मेलन समेत गर्दै पार्टीको सम्मेलन स्थगित नहुने बताउदै सम्मेलन विधान अनुसार हुने बताउनुभयाे । कार्यक्रमकाे नेपाली काग्रेस नेता शेखर काेईरालाले उद्घाटन गर्नुभएकाे छ । कार्यक्रममा ढुंगाना पक्षका गाउँ तहसम्मका कार्यकर्ता सहभागी भएनन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar