एमालेे अध्यक्ष अाेलीद्वारा प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा ब्यापार मेला उद्घाटन, बुढि गण्डकी जलविद्युत आफै प्रधानमन्त्री भएर निर्माण गर्ने अाेलिकाे भनाई

एमालेे अध्यक्ष अाेलीद्वारा प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा ब्यापार मेला उद्घाटन, बुढि गण्डकी जलविद्युत आफै प्रधानमन्त्री भएर निर्माण गर्ने अाेलिकाे भनाई

  • Kandara Samachar

  • शुक्रबार, कार्तिक १७, २०८०

  • 173
    SHARES
एमालेे अध्यक्ष अाेलीद्वारा प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा ब्यापार मेला उद्घाटन,  बुढि गण्डकी जलविद्युत आफै प्रधानमन्त्री भएर निर्माण गर्ने अाेलिकाे भनाई

सीताराम अधिकारी /धादिङ ।
अाफै प्रधानमन्त्री भएपछिमात्र बुढी गण्डकी जलविद्युत परियोजना निर्माण सम्पन्न गर्ने नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएकाे छ ।

प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा ब्यापार मेलाकाे नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सल्यानटारमा उद्घाटन गर्दै अाफु प्रधानमन्त्री बाट हटेपछि बुढिगण्डकि जलविद्युत परियाेजनाकाे अघि बढेकाे काम राेकिएकाे बताउनुभयाे ।
मेलाको उद्घाटन गर्नुहुँदै ओलीले भन्नुभयो- ‘संभवत म प्रधानमन्त्री नभएसम्म बुढीगण्डकी आयोजना बन्दैन होला, सायद । म प्रधानमन्त्री बनिन भने पनि जब नेकपा एमाले सरकारमा जान्छ तब बुढीगण्डकी आयोजना बनाउँछ ।’
अहिलेको सरकारले बुढीगण्डकी आयोजनालाई चासो नदिएको ओलीले बताउनुभयो ।
त्रिपूरा सुन्दरी आफैमा पवित्र पर्यटकीय गन्तव्य भएकोले यस ठाउँको विकासमा एमालेले ध्यान दिइरहेको बताउदै ओलीले सम्बृद्द नेपाल सुखी नेपालीको परिकल्पना पूरा गर्न सबै दलमा सामाजिक सद्भाव हुनु जरुरी रहेको बताउनुभयो ।
सल्यानटार क्षेत्रकाे विकासका लागि नेकपा एमाले नै अावस्यक भएकाेले धार्मिक, पर्यटकिय क्षेत्र, सडक निर्माण अादि क्षेत्रकाे विकास याेजना बनाएर एमाले सरकारमा हुदा गरेकाे भन्दै कृषि पर्यटनमा एमलेले मात्र काम गरेकाे दावि गर्नुभयाे ।
कात्तिक १७ गते देखि २७ गते सम्म सल्यानटारमा हुने मेला “हामी सवैको कृषि तथा बहुउदेश्यिय सहकारी संस्था लि.”को आयोजनामा पहिलो पटक सल्यानटारमा कृषि प्रदर्शनी तथा ब्यापार मेला सुरु भएकाे हाे । मेलामा ९० स्टलहरु रहेकाे छ । ५० हजारले अवलाेकन गर्ने र १० कराेडकाे काराेबार हुने आयोजक समितिका संयोजक लक्ष्मी किशोर श्रेष्ठले जानकारी दिनुभएको छ ।
मेलाको आकर्षको रुपमा स्थानीय उत्पादन, सल्यानटारकाे मास, झुसे (अालस), तिल, घैया लगायतका प्रदर्शनी र विक्रि गरिने छ ।
कृषिमा अत्याधुनिक प्रविधि धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिचाई, हाइडूोपोनिक्स, मौरी पालन, जैबिक मल आदीको प्रदर्शनी, कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपको बारेमा कृषकलाई जानकारी तथा प्रर्दशनी रहेकाे छ ।
मेलामा कृषि फूड फेष्टिवलका माध्यमबाट कृषिजन्य उत्पादन तथा परिकारको प्रवर्द्धन स्थानीय कृषि वस्तुको प्रवर्द्धन, पोषणमा सुधारको साथै आयात प्रतिस्थापनमा जोड र हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट बेजोड प्रस्तुति समेत रहने छ ।
मेलाकै अवसर पारेर स्थानिय धार्मिक स्थलहरु, नृशिंहधाम, त्रिपुरासुन्दरी लगायतका स्थानहरुकाे अवलाेकन गराईने छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar