एकीकृत समाजवादी छाड्ने तयारीमा मुकुन्द न्यौपाने, आज पत्रकार सम्मेलन गर्ने

एकीकृत समाजवादी छाड्ने तयारीमा मुकुन्द न्यौपाने, आज पत्रकार सम्मेलन गर्ने

  • कन्दरा सम्बाददाता

  • शनिबार, चैत्र २५, २०७९

  • 162
    SHARES
एकीकृत समाजवादी छाड्ने तयारीमा मुकुन्द न्यौपाने, आज पत्रकार सम्मेलन गर्ने

नेकपा (एकीकृत समाजवादी)का नेता मुकुन्द न्यौपाने पार्टीबाट अलग हुन लागेका छन् । उनले भोलि (शनिबार) पत्रकार सम्मेलन गरेर उक्त घोषणा गर्न लागेका हुन् ।

न्यौपानेले शनिबार दिउँसो पत्रकार सम्मेलन गरेर आफ्नो निर्णय सार्वजनिक गर्न लागेका हुन् । उनले पार्टी बैठकमा आफूले राखेको फरक मत पनि सार्वजनिक गर्ने बताएका छन् ।

न्यौपानेले भने, “पार्टीमा बैठकमा राखेको फरक मत सार्वजनिक गर्छु । बाँकी भोलि नै घोषणा गर्छु ।”

उनलाई यही चैत १४ गते पार्टीले एक साताको म्यादसहित स्पष्टीकरण सोधेको थियो । उनीमाथि नेकपा (एमाले) निकट भएको, पार्टी नेतृत्वविरुद्ध सामाजिक सञ्जालमार्फत धारणा राख्दै कार्यकर्ता भड्काएको आरोप छ ।

न्यौपाने पार्टीमा तेस्रो वरीयताका नेता हुन् । पार्टीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि उनको वरीयता तोकिएको छ ।

न्यौपानेसहित हालै पार्टी छाडेका उपाध्यक्ष केदार न्यौपाने र चूडामणि जंगली पनि एमालेसँग छलफलमा छन् । अन्य असन्तुष्ट नेता कार्यकर्तासहित उनीहरु एमालेमा फर्किने तयारी भइरहेको बुझिएको छ ।

नेकपा एसका अध्यक्ष माधव नेपालको पछिल्लो गतिविधिप्रति सम्मानित नेता झलनाथ खनालसमेत सन्तुष्ट छैनन् । उनले कम्युनिष्ट पार्टी कमजोर बनाउन माधव नेपालको भूमिका देखिएको भन्दै अब के गर्ने भन्नेबारेमा केन्द्रीय तहका नेताहरूसँग परामर्श थालेका छन् ।

उनले कुनै पनि बेला राष्ट्रियता र वामपन्थी आन्दोलनको पक्षमा कदम चाल्नुपर्ने हुनसक्छ भन्दै आफूनिकट नेता कार्यकर्ताहरूलाई तयार रहन भनेका छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar