नारीवादबारे पत्रकारसंग अन्तर्कृया

नारीवादबारे पत्रकारसंग अन्तर्कृया

  • Biratpati News

  • शुक्रबार, चैत्र २४, २०७९

  • 220
    SHARES
नारीवादबारे पत्रकारसंग अन्तर्कृया

धादिङ /२४ चैत
लैंगिकता, पितृसत्ता, महिलावादी अवधारणा र समानता विषयमा धादिङका पत्रकारहरुसँग अन्तरक्रिया गरिएको छ ।

टेवाको आयोजना तथा संगत नेपालको सहकार्यमा धादिङका पत्रकारहरुसँग अन्तरक्रिया गरिएको हो ।छलफलमा मिडिया एड्भोकेसी ग्रुपका अध्यक्ष बबिता बस्नेतले पितृसत्ता, महिलावादी अवधारणा, अधिकारका लागि अन्तराष्ट्रिय संयन्त्र एंव राष्ट्रिय नीति तथा कानूनहरु, महिला विरुद्धका हिंसा सम्बन्धी कानुनी व्यवस्थाहरु, यौन दुव्र्यवहार, भेदभाव तथा अन्य अपमानजन्य व्यवहार लगायतको विषयमा सहजीकरण गर्नुभएको थियो।

अध्यक्ष बस्नेतले पितृसत्तात्मक, नारीबाद र समानताका विषयमा लेख्दा कसरी विषयको उठान गर्न सकिन्छ भन्ने विषयमाथि प्रकाश पार्नुभएको थियो ।

संगत नेपालकी बिना महर्जनले नारीवादको वकालत गर्नको लागि यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । टेवाले महिलाहरुलाई लक्षित गर्दै देशको दिगो र सन्तुलित विकास गर्नतर्फ अग्रसर गराउन नियमित रुपमा अर्थ संकलन गर्ने बानी बसाई नेपालका महिलाहरुका लागि अनुदान सहयोग गर्दै आएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar