पुस २५ भित्र गण्डकी प्रदेश सरकार गठनका लागि आह्वान

पुस २५ भित्र गण्डकी प्रदेश सरकार गठनका लागि आह्वान

  • Kandara Samachar

  • बिहिबार, पुस २१, २०७९

  • 191
    SHARES
पुस २५ भित्र गण्डकी प्रदेश सरकार गठनका लागि आह्वान

पोखरा
गण्डकी प्रदेश प्रमुखले ५ दिनभित्र सरकार गठन गर्न आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुङले पाँच दिनको समय दिएर प्रदेश सरकार गठन गर्न बिहिवार आव्हन गर्नुभएको हो । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न प्रमुख गुरुङले आव्हान गर्नुभएको छ ।
कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री दाबी गर्न पुस २५ गते सोमबार दिउँसो ४ बजे सम्मको समय प्रदेश प्रमुख गुरुङले दिनुभएको छ ।
कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा ५ दिन भित्र गण्डकी प्रदेश सरकार गठन हुनेछ ।

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar