कर्णालीमा ७ दिनभित्र सरकार गठन गर्न आह्वान

कर्णालीमा ७ दिनभित्र सरकार गठन गर्न आह्वान

  • Kandara Samachar

  • बिहिबार, पुस २१, २०७९

  • 177
    SHARES
कर्णालीमा ७ दिनभित्र सरकार गठन गर्न आह्वान

कर्णाली प्रदेश प्रमुखको कार्यालयले ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरेको छ ।

प्रदेश प्रमुख तिलक परियारले यही पुस २७ गते सोमबार अपराह्न ५ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।

कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन हुनेछ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar