लयमा फर्कंदै अर्थतन्त्र

लयमा फर्कंदै अर्थतन्त्र

  • Kandara Samachar

  • बिहिबार, पुस २१, २०७९

  • 175
    SHARES
लयमा फर्कंदै अर्थतन्त्र

नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र सामान्य अवस्थामा फर्किरहेको बताएको छ। नयाँ सरकार गठन भएको १० दिनमा पत्रकार सम्मेलन गरेको केन्द्रीय बैंकले अर्थतन्त्रका परिसूचक सामान्य बन्दै गएको जिकिर गरेको हो।

चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा संशोधन गरेको जानकारी दिन राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.गुणाकर भट्टले अर्थतन्त्रका सूचकांकले अर्थतन्त्र सुधारोन्मुख रहेको जानकारी गराए।

‘अर्थतन्त्र विस्तारै सामान्य अवस्थातर्फ फर्कन थालेको संकेत मिलेको छ,’ भर्चुअल माध्यमबाट आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता भट्टले भने, ‘बाह्य क्षेत्रमाथि परेको दबाब कम हुँदै गएको छ। तरलता पनि विस्तारै सहज बन्दै गएको छ।’ भट्टका अनुसार रेमिट्यान्समा सुधार भएको छ भने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ। अर्थतन्त्रका अन्य सूचकहरू पनि सुधार हुँदै गएको प्रवक्ता भट्टको दाबी छ।

नयाँ सरकार बनेसँगै विष्णुप्रसाद पौडेल अर्थ मन्त्रालयको बागडोर सम्हाल्न आइपुगेका छन्। मन्त्री पौडेलले अर्थतन्त्रको विषयमा कुरा गर्ने बेलामा केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सँगै डाक्ने गरेका छन्। जानकारहरूले पनि पौडेल र अधिकारीको ट्युनिङ मिलेको चर्चा गरेका छन्।

बुधबारै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री पौडेल र गभर्नर अधिकारीलाई डाकेर अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल गरेका थिए। प्रधानमन्त्री र अर्थमन्त्रीकै निर्देशनमा केन्द्रीय बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको हो।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar