राप्रपा सरकारमा जाने, राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बन्दै

राप्रपा सरकारमा जाने, राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बन्दै

  • Kandara Samachar

  • बिहिबार, पुस २१, २०७९

  • 166
    SHARES
राप्रपा सरकारमा जाने, राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बन्दै

सत्ता गठबन्धनको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी कम्तीमा ३ मन्त्रालयसहित सरकारमा जाने निश्चित भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा राप्रपा सरकारमा जाने निधो भएको हो ।

लिङ्देन उपप्रधानमन्त्रीसहित सरकारमा जानेछन् । रवि लामिछानेजस्तै लिङ्देन पनि पहिलो पटकमै उपप्रधानमन्त्री बन्दैछन् । तेस्रो ठूलो दल रास्वपाले ३ मन्त्रालय पाउने भएकाले राप्रपालाई २ मन्त्रालय दिने प्रस्ताव छ । तर उसले ३ वटा मन्त्रालय दाबी गरेको छ ।

वागमतीको मुख्यमन्त्री समेत दाबी गरेको राप्रपाले संघ सरकारमा एक राज्यमन्त्रीसहित ३ मन्त्रालय पाएमा मुख्यमन्त्री छाड्ने बुझिएको छ । वागमती र गण्डकीमा राप्रपाको मत निर्णायक छ ।

लिङ्देनसँग महामन्त्री डा. धवल शम्सेर जबरा, बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान मन्त्रीका मुख्य दाबेदार देखिएका छन् ।

 

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar