कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडकको राष्ट्रिय सभा अध्यक्षद्वारा अनुगमन

कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडकको राष्ट्रिय सभा अध्यक्षद्वारा अनुगमन

  • Kandara Samachar

  • मङ्लबार, पुस १९, २०७९

  • 214
    SHARES
कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडकको राष्ट्रिय सभा अध्यक्षद्वारा अनुगमन

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बेनी–जोमसोम–कोरला सडक योजनाको अनुगमन गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको कालीगण्डकी काेरिडोरअन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडक खण्डको अनुगमन गर्नुभएको हो ।

बेनी–जोमसोम–कोरला सडक योजनाको अनुगमन गर्दै अध्यक्ष तिमिल्सिनाले समयमै सडक स्तरोन्नतिको काम सक्न योजना प्रमुखलाई निर्देशन दिनुभयो । उहाँले दुई छिमेकी देश चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो सडक खण्ड बेनी–जोमसोम–कोरला रहेको बताउँदै सडक स्तरोन्नतिको काम सकेर सञ्चालन गर्न सके यसले त्रिदेशीय व्यापार व्यवसायमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष तिमिल्सिना नेतृत्वको टोलीले पछिल्लो तीन दिन (बिहीवार–शनिवार) सम्म कालीगण्डकी काेरिडोरअन्तर्गत पर्वतको मालढुङ्गदेखि म्याग्दीको बेनी खण्ड र बेनीदेखि मुस्ताङको कोरला नाकासम्मको सडक अनुगमन गरेको थियो । आर्थिक वर्ष २०७३/०७४ बाट स्तरोन्नतिको काम सुरु भएको बेनी–जोमसोम–कोरला सडक खण्डको मुस्ताङ खण्डमा झन्डै ७० प्रतिशतभन्दा धेरै काम सकिएको छ ।

अहिले म्याग्दी खण्डमा सडक स्तरोन्नतिको काम चलिरहेकाे बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो । चालु आर्थिक वर्षकाे असार मसान्तभित्र सडक स्तरोन्नति र कालोपत्रको काम सकिने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar