गण्डकी प्रदेशसभाको पहिलो बैठकमा दुईवटा अध्यादेश टेबल

गण्डकी प्रदेशसभाको पहिलो बैठकमा दुईवटा अध्यादेश टेबल

  • Kandara Samachar

  • सोमवार, पुस १८, २०७९

  • 204
    SHARES
गण्डकी प्रदेशसभाको पहिलो बैठकमा दुईवटा अध्यादेश टेबल

पोखरा
सांसद निर्वाचित भएर आएपछि बसेको गण्डकी प्रदेशसभाको पहिलो बैठकमा दुईवटा अध्यादेश टेबल भएका छन् । प्रदेश सभामा गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश टेबल भएको हो । उक्त अध्यादेश प्रदेश सरकारका तर्फ बाट कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले टेबल गर्नुभएको हो । सोमबार दिउँसो ३ बजे बसेको प्रदेशसभा बैठक दुई अध्यादेश पेस गरेपछि आगामि २९ गते दिनको ठिक १ बजे बस्ने गरि स्थगित गरिएको छ ।
प्रदेश सभाका जेष्ठ जदस्य तथा सभामुख मित्रलाल बस्यालले बैठकमा प्रदेश प्रमुख कार्यालयबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाएपछि दुई अध्यादेश पेस गरिएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar