कास्कीको मादी गाउँपालिका १ सिक्लेसमा आगोमा जलेर निवर्तमान वडाध्यक्षको मृत्यु

कास्कीको मादी गाउँपालिका १ सिक्लेसमा आगोमा जलेर निवर्तमान वडाध्यक्षको मृत्यु

  • Kandara Samachar

  • सोमवार, पुस १८, २०७९

  • 163
    SHARES
कास्कीको मादी गाउँपालिका १ सिक्लेसमा आगोमा जलेर निवर्तमान वडाध्यक्षको मृत्यु

पोखरा
कास्कीको मादी गाउँपालिका वडा नम्बर १ सिक्लेसमा आफ्नै घरमा लागेको आगोमा जलेर एक जनाको ज्यान गएको छ । घरमा आगलागी हुदाँ मादी गाउँपालिका वडा नम्बर १ सिक्लेसका निवर्तमान वडाध्यक्ष ७१ वर्षीय सुरज गुरुङको मृत्यु भएको हो । गुरुङ ०७४ सालमा मादी गा.पा. वडा नम्बर १ को वडाअध्यक्ष हुनुहुन्थ्यो । आइतबार राति साढे ८ बजेर ४५ मिनेटमा आगलागी हुँदा गुरूङको घरसंगै जलेर ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।
खड्काका अनुसार आगोलागी हुदाँ दुई वटा घर जलेर नष्ट भएका छन् । आगलागी के कारणले भएको हो भन्ने एकीन हुन नसकेको बताइएको छ ।

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar