हिमाल पारी अन्तरदेशिय रेलमार्ग निर्माण गर्न आतुर छौँः चिनियाँ का.वा. राजदुत सिन

हिमाल पारी अन्तरदेशिय रेलमार्ग निर्माण गर्न आतुर छौँः चिनियाँ का.वा. राजदुत सिन

  • Kandara Samachar

  • आइतवार, पुस १७, २०७९

  • 217
    SHARES
हिमाल पारी अन्तरदेशिय रेलमार्ग निर्माण गर्न आतुर छौँः चिनियाँ का.वा. राजदुत सिन

माधव पराजुली,  पोखरा
नेपाल स्थित चिनियाँ कार्यवाहक राजदुत वाङ सिनले हिमाल पारी अन्तरदेशिय रेलमार्ग निर्माण गर्न नेपाल सँग काम गर्न आफुहरु आतुर रहेको बताउनुभएको छ । आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानास्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदुत वाङ सिनले चीन–नेपाल अन्तरदेशिय रेलमार्ग निर्माण नेपाल सरकार र नेपाली जनताको अपक्षा भएकोले यसको काम सँगै गर्न आफुहरु तयार रहेको बताउनुभएको हो । दुई देशका नेता बिच भएको सहमति अनुसार चीनले नेपालको सिमा पार रेलमार्गको सम्भाव्यता अध्ययनमा सहयोग पु¥याउन नेपाललाई दिएको सहायता प्रयोग गर्न चिन सहमत भएको राजदुत सिनले बताउनुभयो । उक्त अन्तरदेशिय रेलमार्गको महत्वपूर्ण चरणमा थप अध्ययनका लागि चिनियाँ प्राविधिक टोली भर्खरै नेपाल आएको जानकारी दिदै भूपरिवेष्ठित मुलुक बाट भूजडित मुलुक बन्ने नेपालको सपना साकार हुने उहाँले बताउनुभयो ।
चिनियाँ का.वा. राजदुत वाङ सिनले चीन–नेपाल आयात–निर्यात दिगो सम्बन्धको निर्माण गर्न चिनले सधैँ हातेमालो गर्ने बताउनुभयो । चिनियाँ पक्षले चिन–नेपाल बन्दरगाह आयात निर्यात कार्यलाई निर्बाध राख्न कडा मिहनत गरेको बताउदै अरनिको राजमार्ग तेस्रो चरणको कार्य पनि सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । उहाँले केरुङ–बन्दरगाहले हालै दुईतर्फी ढुवानी कार्य सुचारु गरे सँगै नेपाली सामानले भरिएका सवारी साधान चिन प्रवेश गरेको र अब नेपाली उत्पादनहरु चीन निकासी हुने बताउनुभयो । कार्यवाहक राजदुत वाङ सिनले यी कामहरुले चीन–नेपाल व्यापारमा नयाँ वसन्त शुरु हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar