पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित तवरले सञ्चालन गर्न सरकारले सघाउछः उपप्रधानमन्त्री पौडेल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित तवरले सञ्चालन गर्न सरकारले सघाउछः उपप्रधानमन्त्री पौडेल

  • Kandara Samachar

  • आइतवार, पुस १७, २०७९

  • 181
    SHARES
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित तवरले सञ्चालन गर्न सरकारले सघाउछः उपप्रधानमन्त्री पौडेल

माधव पराजुली,  पोखरा

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताउनुभएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विमानस्थलमा आवश्यक अन्य पूर्वाधार निर्माणका लागि सरकारले भरपूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलले मुलुकलाई राजनीतिक स्थायित्व दिन आवश्यक रहेको बताउदै आफुहरु नयाँ जनादेश बाट आएकोले मुलुकलाई स्थायत्वि दिई सुशासन र समृद्धिको बाटोमा अघि बढाउन सरकार लागिपर्ने बताउनुभयो ।

उहाँले विमानस्थलको सही र भरपुर सदूपयोग गरेर पोखरालाई पर्यटकहरुको केन्द्रको रुपका विकास गर्न लाग्नुपर्नेमा जोड दिदै मुलुकमा पछिल्लो समय समस्याको रुपमा देखिएको अर्थतन्त्रलाई लयमा फर्काउने काम आफुहरुले गरि छाड्ने प्रतिबद्धता जनाउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar