विकास, समृद्धि र सुशासननै सरकारको पहिलो एजेण्डाः प्रधानमन्त्री प्रचण्ड

विकास, समृद्धि र सुशासननै सरकारको पहिलो एजेण्डाः प्रधानमन्त्री प्रचण्ड

  • Kandara Samachar

  • आइतवार, पुस १७, २०७९

  • 177
    SHARES
विकास, समृद्धि र सुशासननै सरकारको पहिलो एजेण्डाः प्रधानमन्त्री प्रचण्ड

माधव पराजुली,  पोखरा
प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले विकास, समृद्धि र सुशासननै सरकारको पहिलो एजेण्डा भएको बताउनुभएको छ । आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानास्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय सहितको सुशासन र समृद्धिको मुल मन्त्र बनाएर सरकारले काम गर्ने अठोट गरेको बताउनुभएको हो । उहाँले आफुलाई जनताले तेस्रो पटक प्रधानमन्त्री हुने अवसर दिएको बताउदै जनता सामु आफुले यो कार्यकाल आर्थीक विकास र सामाजिक न्यायको लागि काम गर्ने कबुल गरेको समेत बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले कास्कीबासीको साढे चार दशकको चाहना पुरा भएको भन्दै अब पोखरा विमानास्थलले देशकै अर्थतन्त्रमा योगदान गर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय विमानास्थल सञ्चालन सँगै अब पोखरालाई धेरै मुलुकसँग जोड्न बाटो खुलेको समेत बताउनुभयो । अन्तर्राष्ट्रिय विमानस्थलले अब पोखरालाई विभिन्न मुलुकहरु सँग सिधा हवाई मार्गले जोडेको बताउदै गण्डकी प्रदेशको मात्र नभई मुलुककै आर्थीक समृद्धिमा यस्ले ठुलो योग्दान गर्ने उहाँको भनाई थियो ।
प्रधानमन्त्री प्रचण्डले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भए सँगै अब निजगढ विमानस्थलको काम लाई मुर्त रुप दिने पनि बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar