पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी

  • Kandara Samachar

  • शनिबार, पुस १६, २०७९

  • 211
    SHARES
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी

पोखरा
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल जनावरी १ भोली देखि सञ्चालनमा आउने भएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भोली बिहान ११ बजे प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको छ । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । शुभारम्भ समारोहमा प्रधानमन्त्री सहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ अंग्रेजी नयाँवर्ष २०२३ को पहिलो दिन जनवरी १ पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा संचालनमा ल्याउन तयारी पुरा गरिएको छ । त्यसैको तयारी स्वरुप बुद्ध र यती एयरलाइन्सले गत हप्ता पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक हवाईजहाज अवतरण र उडान गरेका थिए । डेमो फ्लाइट सँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न पुर्ण रुपमा तयार भएको पाईलटहरुको प्रतिक्रिया छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भए सँगै पोखरेलीहरुको झन्डै चारदशक लामो सपना पुरा भएको भन्दै स्थानिय खुसी छन् भने पर्यटन व्यवसायीहरु पनि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भए सँगै पर्यटन क्षेत्रमा सकारात्मक टेवा पुग्ने आशा गरेका छन् ।
विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरण परीक्षण देखि विमानस्थल सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन,अध्यागमन, भन्सार, मेडिकल, सुरक्षा व्यवस्थालगायत सम्पूर्ण तयारी पुरा भएको बताउनुहुन्छ विमानस्थलका प्रमुख बिक्रम गौतम।
यता पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बाधक बनेको छिनडाँडा स्थित पोखराको ल्याण्डफिल्ड साइडको पनि अब समाधान भएको छ । पोखरा महानगरपालिकाले तत्कालका लागि फोहोरको व्यवस्थापनका गर्न विभिन्न वडाहरूमा अल्पकालीन व्यवस्था मिलाई उक्त स्थानमा फोहोर फ्याँक्न रोक लगाए सगैँ विमानस्थल सञ्चालनमा सहजता हुने भएको हो ।
पोखरा बाट अन्य देशहरुका लागि उडान भर्नका लागि अन्तर्राष्ट्रिय हवाई कम्पनिहरुले चाँसो देखाएका छन् । नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान बुद्ध एयरले गर्ने भएको छ । यसका लागि क्यानसमक्ष उडान अनुमतिको माग गरेको उक्त कम्पनीले पोखरादेखि भारतका बनारस, दिल्ली र देहरादुनमा उडान गर्ने योजना बनाएको छ ।
तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब लागतमा निर्माण भएको छ । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग रहेको छ ।

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar