 
                                                                                                      धादिङ ।
संघीय सरकारका वन तथा वतावरणमन्त्री ऐनबहादुर शाहीले जनतालाई केन्द्र बिन्दुमा राखेर सरकारले निति तथा कार्यक्रम ल्याएको बताउनुभएको छ ।
नीलकण्ठ नगरपालिकाको १२ ओँ स्थापना दिवसको बिहिबार उद्घाटन गर्दै बन तथा वातावरणमन्त्री शाहीले देशलाई पश्चगमनमा लान प्रयास भएको उल्लेख गर्दै मन्त्री शाहीले अब देश अघि बढी सकेकोले पछाडी नफर्कने बताउनुभयो ।
नेकपा एमाले र नेपाली काँग्रेसको सरकार बनेको संविधान संसोधन गरेर भएपनि देशलाई निकास दिने र संघीयता कार्यान्वयन गर्नका लागि सरकार बनेकोले कसैलेपनि सरकार ढाल्न नसक्ने बताउनुभएको छ ।
लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्दै सबै मिलेर गणतन्त्रलाई जोगाउन स्थानीय सरकारले जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्न समेत आग्रह गर्नुभयो । वर्तमान सरकारले जनतालाई सुखि बनाउन ल्याएको निति कार्याक्रममा ल्याएको मन्त्री शाहीले उल्लेख गर्दै वर्तमान सरकारले आर्थिक विकासमा समेत जोड दिन आग्रह गर्नुभयो ठ काठको प्रतिस्थापन गर्ने नीति तथा कार्यक्रममा सुधार गरेको बताए उनुभयाे। दिगो वन व्यवस्थापन रणनिति लागु गरेर स्वदेशी काठ उत्पादन तथा प्रयोग गरि रोजगारीसँग जोड्ने तयारी गरेकाे बताउदै वन क्षेत्र देशको मूख्य आम्दानीको श्रोत बन्ने गरि कार्यक्रम लागू गरि वनलाई रोजगारी तथा समृद्धिसँग जोड्दै वन संरक्षणसँगै आम्दानी गर्ने कार्यक्रम बनाएकाे उल्लेख गर्नुभयाे ।
 
                     
                             
                                                     
                                                     
                                                     
                                                     
                                                    