धादिङ ।
उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका क्षेत्रमा जलविद्युत उत्पादनको लक्ष राखेर दर्ता भएका जलविद्युत आयोजनाहरुले संचालन गर्ने योजनाहरुमा स्थानीय बासी खुसी हुनेगरि संचालन गरिनुपर्नेमा जोड दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेको अध्यक्षतमा धादिङबेसीमा शुक्रबार आयोजित छलफल कार्यक्रममा जलविद्युत आयोजनाहरुको सामाजिक उत्तरदायित्व अन्तरगत गरिने कार्यक्रमलाई पारदर्शी र स्थानीयबासीको आवस्यकतामा आधारित हुनु पर्ने सरोकारवालाहरुको भनाइ रहेको छ ।
रुबीभ्याली गाउँपालिका क्षेत्रमा विद्युत उत्पादन गर्ने गरि दर्ता गरिएका १२ ओटा जलविद्युत आयोजनाहरुमध्ये प्रमुख जिल्ला अधिकारी पाण्डेको संयोजनमा बोलाइएको छलफलमा ५ ओटा आयोजनाबाट मात्र सहभागिता रहेको थियो ।
जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्व अन्तरगत कूल लागतको सुन्य दशमलब ७५ प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च कर्नु पर्ने कानूनी प्रावधान रहेको छ ।
यस अन्तरगत रुबीभ्याली गाउँपालिका र वडा को माग अनुसार रुबीभ्यचली क्षेत्रमा विद्यालयमा सहयोग गरेको, सडक निर्माण र मर्मतमा सहयोग गरेको, हेलिप्याड बनाएको, रचनात्मक क्रियाकलापमा सहयोग गरेको जलविद्युत आयोजनाका प्रतिनिधिहरुले जानकारी दिनुभयो । स्थानीयबासीहरुले सामाजिक उत्तरदायित्व अन्तरगत गरिने खर्च पारदर्शी हुनु पर्ने माग गर्दै स्थानीयका आवस्यकतामा आधारित कार्यक्रम र योजनाहरुमा सघाउनुपर्ने स्थानीयबासीको रहेको स्थानीय मिम्बा तामाङले बताउनुभयो ।
जलविद्युत आयोजनाहरुले जग्गा प्राप्ती गर्दा दिइने मुआब्जा रकम एकरुपता हुनु पर्ने, वातावरण संरषण गरेर काम गर्नु पर्ने, तातोपानी लगायत पुरातत्वीक र अन्य धार्मिक क्षेत्र संरषण गरेर काम गर्नु पर्ने, गाउँबासीले प्रयोग गरिरहेको बाटो, खानेपानी संरक्षण गर्दै अहज बनाउनुपर्ने लगायतका माग स्थानीयबासीको रहेको छ ।
जलविद्युत आयोजनाहरुले सडक पहुँच मार्ग निर्माण, विद्युत प्राधिकरणको विद्युत सब स्टेशन निर्मार्ण गरिनु पर्ने, जग्गा प्राप्तीका लागि सरकारी सहयोग हुनु पर्ने, सुरक्षाका् पूर्ण प्रत्याभूति हुनुपर्ने, फोन र नेट संचालन हुने व्यवस्था हुनपर्ने माग जलविद्युत आयोजनाहरुको तर्फबाट गरिएको साम्सद बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
छलफल कार्यक्रममा गोरक्ष जलविद्युत २५ दशमलब ४ मेगावाटले काम सुरु गरेर आधाभन्दा बढी भौतिक निर्माणका काम भइसकेको छ ,।
अपर आँखुखोला जलविद्युत ४४ मेगावाट जलविद्युत परियोजनाको भौतिक निर्माणको काम सुरु भएको जानकारी दिँदै ७ किलोमिटर सुरुङ निर्माण हुने जानकारी गराइएको छ ।
लापा खोला जलविद्युत ४ दशमलब २ मेगावाट काम सुरु भइसकेको छ भने जलशक्ति जलविद्युत २५ मेगावाट, रुबीभ्याली जलविद्युत ७ मेगावाटको जग्गा प्राप्तीको काम र आधारभुत सुरु भएको बताइएको छ । छलफल कार्यक्रममा ७ ओटा जलविद्युत आयोजनाका कुनैपनि व्यक्तिहरु कार्यक्रममा सहभागि नै भएनन् ।