पूर्वाधारका योजनाहरुको प्रगति ८५ प्रतिशतभन्दा बढी बनाउने प्रतिवद्धता

पूर्वाधारका योजनाहरुको प्रगति ८५ प्रतिशतभन्दा बढी बनाउने प्रतिवद्धता

  • Kandara Samachar

  • शुक्रबार, साउन १५, २०८३

  • 55
    SHARES
पूर्वाधारका योजनाहरुको प्रगति ८५ प्रतिशतभन्दा बढी बनाउने प्रतिवद्धता
oplus_2

धादिङ
धादिङ जिल्लामा संचालित सबै किसिमका पूर्वाधारका कार्यक्रम र तथा योजनाहरुको प्रगति ८५ प्रतिशतभन्दा बढी बनाउन सम्बन्धीत कार्यालयहरुले प्रतिवद्धता जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय धादिङमा शुक्रबार आयोजित गत आर्थिक वर्षको समिक्षा र चालु आर्थिक वर्षको योजनाहरुको बारेमा जानकारी दिँदै चालु आर्थिक वर्ष २०८३।८४ को भौतिक तथा वित्तिय प्रगति ८५ प्रतिशतभन्दा बढी हुनेगरि कार्यक्रम कायाृनवयन योजना बनाउने र लागु गरिने सम्बन्धीत कार्यालयहरुले प्रतिवद्धता जनाएका हुन् । प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय को अध्यक्षतामा भएको कार्यक्रममा धादिङ २ का प्रतिनिधि सभा सदस्य बोधनारायण श्रेष्ठले सडक, भवन, खानेपानी, सिंचाई, लगायतका प्रदेश, संघीय सरकारका योजनाहरु कार्यान्वयन गर्दा योजना विशेष ध्यान दिन अनुरोध गर्नुभयो ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नौबिसे मुगलिन सडक आयोजना विद्युत पोल अझै नहटाएका कारण काम रोकिएको र बिटोमिनको अभावले सडक आयोजनाको भनेजति प्रगति नभएको जानकारी गराइएको छ ।
खानेपानी, जलाधार, सिंचाइ, तथा शहरी विकास तथा पूर्वाधारका प्रदेश तथा संघीय कार्यालयबाट भएका योजना तथा यस वर्ष संचालन गरिने योजनाबारे जानकारी सहितको समिक्षा कार्यक्रममा उपभोक्ता समिति तथा ठेक्का प्रणालीबाट संचालन भएका योजनाहरुको प्रभावकारी अनुगमन, फिल्ड स्तरमा अनुगमन पुस्तिका र अनुगमन कर्ताले अनिबार्य शुभाव दिने विषयहरु छलफल भएको थियो ।

सबै पुर्वाधारका याेजनाहरु सम्झाैतासम्म एउटा अवधी र त्यसपछिको कार्यान्वयन अवधीकाे रुपमा विभाजन गरि पारदर्शी रुपमा याेजना सम्पन्न गर्नु पर्नेमा जाेड दिइएकाे थियाे ।
प्रतिनिधि सभामा निर्वाचित साम्सद बोधनारायण श्रेष्ठ र आशिका तामाङ, सुरक्षा निकार्यका प्रमुखहरु, कार्यालय प्रमुखहरु मात्र सहभागि भएर समिक्षा गरिएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar