१४ वर्षमा त्रिमुर्ती माेवाइल हाउस: माेवाइल किन्दा स्कुटर उपहार

१४ वर्षमा त्रिमुर्ती माेवाइल हाउस: माेवाइल किन्दा स्कुटर उपहार

  • Kandara Samachar

  • मङ्लबार, बैशाख १, २०८३

  • 41
    SHARES
१४ वर्षमा त्रिमुर्ती माेवाइल हाउस: माेवाइल किन्दा स्कुटर उपहार
oplus_2

धादिङ

स्थापनाकाे १४ औँ वर्ष काे नयाँ वर्षकाे दिन त्रिमुर्ति माेवाइल हाउस धादिङले उपहार याेजना अन्तरगत विजेताहरुलाई पुरस्वितरण गरेकाे छ ।

उपहार याेजनाकाे सबैभन्दाे ठुलाे र महत्वपूर्ण मानिएकाे स्कुटर उपहार नीकलण्ठ नगरपालिका– १४ धुवाकोट रातमाटेका विजन शाहलाई हस्तान्तरण गरियाे ।

नयाँ वर्षको अवसर पारेर एक कार्यक्रमको आयोजना गरि लक्की ड्र मार्फत प्रदान गरिएको हिरोको जुम स्कुटर शाहले जित्नुुभएकाे हाे ।

२०८२ सालभर आफ्ना शाखाहरुबाट मोवाइल खरिद गरेका करिव पाँच हजार ग्राहकहरुमध्येबाट लक्की ड्र मार्फत प्रदान गरिएको हो । शाहले एसइइ परिक्षापछि

मोबाइल किनेकै भरमा स्कुटर जितेको भन्दै खुसी व्यक्त गर्नुभयाे । । ‘पहिलेदेखि नै त्रिमूर्ति मोबाइल हाउसमा मोबाइल लगायत अन्य सामाग्रीहरु किन्थें । यो पसल विश्वासिलो र भरपर्दाे छ’ –‘यो स्कुटर जितेपछि झनै विश्वास थपिएको छ । हामी त स–परिवार खुसी छौं । म अनि हाम्रो परिवार मात्र होइन, साथीभाई सबैलाई त्रिमूर्ति मोबाइल हाउसमै आउन अनुरोध गर्दछु । यो पटक मैले जितेँ अब पालो तपाईहरुको हो ।’बिजवनले भन्नुभयाे ।

अघिल्लो वर्ष २०८१ मा मोबाइल खरिद गरेका ग्राहकहरुमध्येबाट त्रिमुर्ती मोबाईल हाउसले २०८२ बैशाख १ गते नयाँ वर्षको अवसरमा लक्की ड्र मार्फत ग्राहकहरुमध्येबाट एक जनालाई टिभिएस एन्ट्रोक स्कुटर उपहार दिएको थियो । उक्त उपहार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ खहरेकी सजिना खड्काले जित्जिनुभएकाे थियाे ।

त्यसैगरी, त्रिमूर्ति मोबाइल हाउसले हरेक महिना लक्की ड्र मार्फत ग्राहकहरूलाई सुनको औठी उपहार दिँदै आएको छ । चैत महिनाको सुनको औठी गङ्गाजमुना गाउँपालिका– २ की सिमा तामाङले जित्नुभयाे ।

२०६९ सालबाट व्यवसाय शुभारम्भ गरेको त्रिमूर्ति मोबाइल हाउसले चारवटा शाखा सञ्चालन गर्दै आएको छ । ग्राहकको माग र आवश्यकतालाई मध्यनजर गरि त्रिमुर्ती मोबाईल हाउसले धादिङमा तीनवटा र काठमाडौँको कलंकीमा समेत शाखा विस्तार गरेकोे त्रिमूर्ति मोबाइल हाउसका प्रोप्राइटर ईश्वर श्रेष्ठले बताउनुभयो ।

‘२०६९ सालदेखि यस क्षेत्रमा छौं । मोबाईल, ल्यापटप, accessories लगायत सामग्रीहरू राखेका छौं । मोबाईल र ल्यापटसहित सम्पूर्ण सामाग्रीहरु पाइन्छ’ उहाँले भन्नुभयाे – ‘मिलनटोल, विचबजार, पुछारबजार र काठमाडौँस्थित कलंकीसहित चारवटा स्थानबाट त्रिमूर्तिका सेवा प्रवाह भइ रहेका छन् । मोबाईल, ल्यापटप किस्ताबन्दीमा पाइने भएपछि ग्राहकको विश्वास र चाप पनि बढेको छ । ग्राहक सन्तुष्ट भए हामी सन्तुष्ट हुने हो । आशा छ, आगामी दिनमा पनि सबैको अहिलेको जस्तै मायाँ र साथ पाउँनेछौं ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar