अन्तर्राष्ट्रिय मुद्रा सप्ताहमा धादिङबेसीमा प्रभातफेरी

अन्तर्राष्ट्रिय मुद्रा सप्ताहमा धादिङबेसीमा प्रभातफेरी

  • Kandara Samachar

  • बिहिबार, चैत्र ५, २०८२

  • 243
    SHARES
अन्तर्राष्ट्रिय मुद्रा सप्ताहमा धादिङबेसीमा प्रभातफेरी
oplus_2

धादिङ ।

अन्तर्राष्ट्रिय मुद्रा सप्ताह २०२६ को बैंक तथा वित्तीय संस्था एवं बीमा कर्मचारी क्लब धादिङद्वारा धादिङबेसीमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ।

बैंक तथा वित्तीय संस्था एवं बीमा कर्मचारीहरूको सहभागितामा आयोजित प्रभातफेरी धादिङबेसीको पुछारबजारबाट सुरु भई सिरानबजारसम्म पुगेको थियो। वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले निकालिएको र्‍यालीमा सहभागीहरूले विभिन्न सन्देशमूलक प्लेकार्ड र ब्यानर र ल्पेकार्ड बाेकेका थिए ।

स्मार्ट मनी टक्स भन्ने नारासहित सम्पन्न कार्यक्रममा सर्वसाधारणलाई बचत, लगानी, डिजिटल कारोबार तथा वित्तीय अनुशासनबारे सचेत गराउने सन्देश प्रवाह गरिएको सहभागीहरूले बताएका छन्।

प्रभातफेरीमा विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारी, बीमा क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले आम नागरिकमा वित्तीय ज्ञान बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

क्लबका अध्यक्ष ध्रुबप्रसाद रेग्मीले स्मार्ट मनी टक्स र बचत र डिजिटल सुरक्षामा लाग्नुपर्नेमा जाेड दिनुभयाे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar