जिल्ला अनुगमन समितिले गजुरी गाउँपालिका र गल्छी गाउँपालिका क्षेत्रका ८ ओटा एग्रोभेटहरुको अनुगमन गर्दा सबै पसलहरुमा कुनै न कुनै किसिमको कैफियत भेटिएको छ । जिल्ला अनुगमन समितिले ६ ओटा एग्रोभेटलाई ५ हजारको दरले जरिवाना गराएको छ भने विना दर्ता संचालन भएका २ ओटा एग्रोभेटलाई सातदिनभित्र जिल्ला प्रशासन कार्यालयमा आउन निर्देशन गरिएको छ ।
गजुरी गाउँपलिका वडा नम्बर १ मा रहेको न्यू आर एस इन्टरप्राइजेजमा जिल्ला अनुगमन समितिले गरेको अनुगमनमा पसलमा आधिकारिक व्यक्ति नभएको, म्याद सकिएको सामाग्री औषधी तथा विज भे्टिएको, मूल्य सूचि नभएको, विउहरुको पहिचान नहुने किसिमको विउ विक्रि गर्ने गरेको, इजाजत, पसल दर्ता गरिएका आधिकारिक नभएको मूल्य नराखिएको औषधीहरु विक्रि गर्ने गरेको पाइएकोले हाललाई ५ हजार जरिवाना गरिएको जिल्ला अनुगमन समितिका तोयानाथ छत्कुलीले जानकारी दिनुभयो । आफूले लामो समयदेििख यसैगरि पसल चलाएको बताउँदै पसल संचालक तिर्थराज उप्रेतीले अनुगगमनले केही नहुने बताउँदै आफूले गरेको गल्तीमा माफी समेत माग्नु भएको थियो ।
जिल्ला अनुगमन समितिका संयोजक रोशन राइको नेतृत्वमा गरिएको अनेगमनमा गजुरी गाउप्ाँलिका वडा नम्बर १ मा रहेको विरगंज बिज भण्डार, गजुरी गाउँपालिका वडा नम्बर ६ मा रहेको विष्णु भेटनरी, खतिवडा एग्रोभेट, गल्छी गाउँपालिका वडा नम्बर ७ मा रहेको न्यू एग्रो सेन्टर, दिर्घायु भेटफर्मालाई ५÷५ हजारका दरले जरिवाना गरिएको छ ।
सबै पसलमा बिउ विजन, विषाधीमा कैफियत भेटिएको र न्यूनतम जरिवाना गरि आगामी दिनमा सुधार गर्नका लागि आग्रह गरिएको जिल्ला अनुगमन समितिका संयोजक राइले बताउनुभयो । गल्छी गाउँपालिका वडा नम्बर ७ मा रहेको अधिकारी एग्रोभेट एण्ड क्लिीनिक २०५४ सालदेखि संचालन गर्दै आएको र अनुगमनहरु धेरै आएको बताएका छन् । अनुगमन टोलीले अनुगमनका क्रममा व्यवसाय दर्ता, इजाजत, आदी केही नभेटिएकोले ७ दिनभित्र जिल्ला प्रशासनमा हाजिर हुन निर्देशन गरेर छाडिएको छ भने गल्छी गाउँपालिका वडा नम्बर ४ मा सुकुमायाँ नेपालीले संचालन गरेको एग्रोभेट एकहप्ताभित्र दर्ता प्रकृया सकेर जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन आग्रह गरिएको छ ।
गतवर्ष पनि अनुगमन गर्दा दिएको निर्देशन पालना नगरिएको, मूल्यसूचि नराखिएको, नेपालीले नबुझ्ने किसिमको औषधी तथा विउ विजन विक्रिका लागि राखेको, उत्पादन मिति नभएको जस्ता समस्यापहरु एग्रोभेटहरुमा रहेको पाइएको जिल्ला अनुगमन समितिका सदस्य तथा स्वास्थ्य कार्यालय धादिङका सूचनाअधिकारी तोयानाथ छत्कुलीले बताउनुभयो ।