धादिङ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङका ९ पालिकामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ। जिल्लाका १३ पालिकामध्ये ९ पालिकामा सभापतिसहित नेतृत्व चयन भएको नेपाली कांग्रेस धादिङले जनाएको छ।
अधिवेशनबाट रुबीभ्याली गाउँपालिकाको सभापतिमा डेबिड घले, गंगाजमुनामा भरतबहादुर ढकाल, त्रिपुरासुन्दरीमा देवीकुमारी बुर्लाकोटी पाण्डे र सिद्धलेकमा भीम भट्ट निर्वाचित हुनुभएको छ।
त्यसैगरी बेनिघाट रोराङ गाउँपालिकाको सभापतिमा विनोद भट्टराई, थाक्रेमा सादुराम थापा, ज्वालामुखीमा राजु लोेप्पा, नेत्रावती डबजोङमा टेकजंग लामा र नीलकण्ठ नगरपालिकाको सभापतिमा धर्मराज भण्डारी निर्वाचित हुनुभएको कांग्रेस धादिङले जनाएको छ।
कांग्रेसको पालिका अधिवेशनअन्तर्गत धुनिबेसी नगरपालिका, गल्छी, गजुरी र खनियाबास गाउँपालिकामा भने अधिवेशनबाट नेतृत्व चयन हुन बाँकी रहेको छ।
पालिका अधिवेशन सम्पन्न भएसँगै कांग्रेसको १५औँ महाधिवेशनका लागि धादिङमा संगठनात्मक गतिविधि थप तीव्र बनेको छ। बाँकी चार पालिकाको अधिवेशनपछि जिल्लाको महाधिवेशन प्रतिनिधि तथा नेतृत्व छनोटको प्रक्रिया अघि बढ्नेछ।