बजेटमा नगरपालिका संघ अध्यक्षको ढुंगानाकाे प्रतिक्रिया : स्थानीय तहले पाउने समानीकरण घट्यो

बजेटमा नगरपालिका संघ अध्यक्षको ढुंगानाकाे प्रतिक्रिया : स्थानीय तहले पाउने समानीकरण घट्यो

  • Kandara Samachar

  • आइतवार, जेष्ठ १९, २०८२

  • 151
    SHARES
बजेटमा नगरपालिका संघ अध्यक्षको ढुंगानाकाे प्रतिक्रिया : स्थानीय तहले पाउने समानीकरण घट्यो

काठमाडौ

नेपाल नगरपालिका संघका अध्यक्ष भिमप्रसाद ढुंगानाले संघीय सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा स्थानीय तहले पाउने समानीकरण अनुदान बापतको रकम घटाइएकोमा दुख व्यक्त गर्दै बजेटमा राम्रा कार्यक्रम रहेकाे प्रतिक्रिया

नीलकण्ठ नगरपालिकाका प्रमुखतथा नेपाल नरपालिका संघका अध्यक्ष ढुंगानाले संघीयताको मुख्य जग स्थानीय तह भए पनि बजेटमा स्थानीय तहले पाउने समानीकरण बापतको अनुदान घटाउने काम भएको बताउनुभयाे ।

‘हामीलाई दिनुपर्ने वित्तीय समानीकरण अनुदान हो, त्यो झन् कम भएर आएको स्थिति छ’, उहाँले भन्नुभयाे, ‘संघीयताको मूल जग भनेकै स्थानीय सरकार हो, यही अनुदान हरेक वर्ष काट्ने काम भयो ।’

संघीय सरकारले तीन करोड भन्दा तलका आयोजना सञ्चालन नगर्ने, विद्यार्थीको खाजा, विद्यालयलाई दिने अनुदान, खानेपानी लगायतका कार्यक्रम भने राम्रो पक्ष रहेको उनले बताउनुभएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar