
रुबीभ्यालीको लिङजोमा खर्क व्यवस्थापन तालिम
धादिङ,
डिभिजन बन कार्यालय र राष्ट्रीय प्रकृति संरक्षण कोषद्वारा खर्क व्यवस्थापन सम्बन्धि तालिम रुबीभ्याली गाउँपालिकाको वडा नं.१ लिङ्जोस्थित स्थानीय गोठालाहरुका लागि संचालन गरिएकाे छ ।
रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिंंह तामाङले नेपालमा खर्क तथा चरन क्षेत्र ब्यबस्थापनका बहुआयामिक फाइदा, अवसर र चुनौतीहरु, सरोकारवालाहरुको भुमिका र जिम्मेवारीहरु सम्बन्धिमा सहजीकृत, नेपालमा खर्क तथा चरन क्षेत्र ब्यबस्थापनमा समता र समावेशिकरण, चरन वा खर्क ब्यबस्थापनमा बिज्ञान, निति र अभ्यासको साइनो र बहुआयामिक फाइदाको लागि खर्क ब्यबस्थापन कार्यक्रमले रुबीभ्यालीका जनतालाई धेरै फाइदा हुने बताउनुभयाे ।
डिभिजन बन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले रुबीभ्यालीमा खर्क व्यवस्थापन तालिमले बहुमूल्य स्रोतसाधन खर्कमा पाइने भए पनि उचित परिचालन हुन नसक्दा भनेअनुसारको आम्दानी लिन नसकिएको बताउनुभयाे । खर्कमा बहुमूल्य जडीबुटी, चरिचरन क्षेत्र छन्, ती स्रोतसाधनको उचित परिचालन गर्न नसकेकाे, हिमाली क्षेत्रमा पशुपालन व्यवसाय धेरै भए पनि अहिले घट्दो क्रममा रहेको अाचार्बयले ताउनुभयाे ।
खर्कलाई संरक्षण गर्दै कसरी उत्पादनमुखी बनाउने, त्यहाँबाट कसरी नाफा लिने भन्ने विषयमा खोज, अनुसन्धान गरेर रणनीति बनाउन आवश्यक रहेको उहाँकाे भनाई छ । जलवायु परिवर्तनको असर हिमाली खर्कमा परिरहेको भन्दै उहाँले त्यहाँ पाइने बहुमूल्य जडीबुटीसमेत लोप हुन थालेकाले त्यतातर्फ पनि सोच्नुपर्ने उनको सुझाव छ ।
कार्यक्रममा जिल्ला बन अधिकृत रस्मि तेचामो, एलिना आले, रेन्जर नविन श्रेष्ठ र एन्टिएनसि जिबिसिआरपि प्रतिनिधि सुनिल सापकोटा सहितको टोली उपस्थित रहेको छ ।