
धादिङ ।
धादिङको सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाको बिहिबार १२ ओँ स्थापना दिवस विविध कार्यक्रम गरि मनाइएको छ ।
नीलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुंगानाको अध्यक्षतामा भएको स्थापना दिवसको कार्यक्रममा संघीय सरकारका बन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
रुद्राक्षको बिरुवामा पानी हालेर उद्घाटन गरिएको विशेष समारोहमा संबिधानसभा सदस्य गुरु बुर्लाकोटी, जिल्ला समन्वय समिति उपप्रमुख कुलमान विश्वकर्मा, धुनीबेसी नगरपालिका प्रमुख बालकृष्ण आचार्य, नेपाली काँग्रेसका नेता रमेश धमला, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त लामा, सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडा, नीलकण्ठ प्रज्ञाप्रतिष्ठानका अध्यक्ष बद्री दहाल, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, नेपाली काँग्रेसका प्रतिनिधि नारायण पोखरेल, नेकपा एमालेका कृष्ण अर्याल, एनेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मनराज भण्डारी, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटी, लगायतले शुभकामना व्यक्त गर्दै सेवा प्रवाहमा पहुँच पुर्याउने निति, योजना र कार्यक्रम ल्याउन आग्रह गरिएको थियो ।
२०७१ बैशाख २५ गतेको नेपाल सरकारको निर्णयबाट नीलकण्ठ नगरपालिका घोषणा भएपछि दुई पटक भएको स्थानीय तहको निर्वाचनमा नगर प्रमुखको पमा भिम प्रसाद ढुंगाना निर्वाचित हुनुभएको छ ।
लोकतात्तिक गणतन्त्रको रक्षा गर्दै देशमा केही गर्नु पर्छ भन्ने किसिमको भावना जगाउन स्थानीय सरकारले जनताको लागि काम गर्नु पर्नेमा कार्यक्रममा शुभकामना व्यक्त गर्नेहरुले जोड दिएका थिए ।
रणनीति बनाएर कार्यक्रमहरु संचान गनुपर्ने, विकासकाकाम गर्दा जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, सिमान्तकृत, बालबालिका तथा महिलाहरुलाई प्राथमिकतामा राखेर योजना निर्माण गरि कार्यान्वयन गर्नुपर्ने, शाशनबाट मात्र नभएर सेवा प्रवाह गर्नुपर्ने, दुरदृष्टि राख्नु पर्ने र पक्ष विपक्ष नभइकन काम गर्नका लागि वक्ताहरुले आग्रह गर्नुभएको थियो ।
नीलकण्ठ नगरपालिकाले नगरपालिका स्थापना दिवसको अबसरमा नेपाल पत्रकार महासंघ मैत्रीपूर्ण फुटसल, नेपाल क्रिकेटसंघसंग मैत्रीपूर्ण क्रिकेट, मैत्रीपूर्ण बुद्धिचाल, मैत्रीपूर्ण ब्याडमिन्टन आदी प्रतियोगिताहरु आयोजना गरेको थियो । मैत्रीपूर्ण खेलकुदमा विजेता उपविजेतालाई सम्मानपत्र लगाय, ट्रफी, मेडलले सम्मान गरिएको थियो । विविध साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको कार्यक्रममा नीलकण्ठ नगरपालिका प्रमसख ढुंगानाले नगरपालिकाले हालसम्म संचालन गरेका योजना तथा नितिहरुका बारेमा स्पष्ठ पार्नुभएको थियो ।
हालसम्म नगरपालिकाको तर्फबाट १ सय १० ऐन, नियम, विधि, निर्देशिका, लगायतका कानून निर्माण गरिएको, ९५ किलोमिटरको चक्रपथ कच्ची बाटो पुरा गरि पिच सुरु गरिएको, ८२ सामुदायिक विद्यालयमा सबै कक्षा १२ सम्मका विद्यार्थीलाई कुनैपनि शुल्क नलागने बनाइएको, मेयर उद्यमशिलता कार्यक्रममा सहभागि हुनेले सहुलियतकर्जा पाउने, १९ स्वास्थ्यकेन्द्रबाट उपचारसेवा नियमित भएको जटिल रोगलागेकालाई सहयोग, निशुल्क स्वास्थ् परिक्षण व्यवस्था भएको, एकघर एक धारा अन्तरगतका ठूला खानेपानी योजनाहरु संचालन भएको, पहिरो पूर्व सूचनाप्रणाली स्थापना गरेको, फोहोरबाट कम्पोष्ट मल उत्पादन सुरु भएको, विपद पूर्वतयारी योजना गरि कार्यन्वयनमा रहेको, बालमैत्री नगर घोषणाका लागि काम सुरु भएको जाानकारी नगरप्रमुख ढुंगानाले दिनुभयो ।