धादिङ ।
व्यवसायीक विकास र अनियमितताकाे विरुद्ध लाग्ने प्रतिवद्धता सहित धादिङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा सुदर्शन रिजालले उम्मेदवारी दिने घोषणा गर्नुभएकाे छ ।
मंगलबार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरि रिजालले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएकाे हाे ।
‘दिन होस् वा रात धादिङ उद्योग वाणिज्य संघ सबै व्यवसायीहरुको साथ’ भन्ने मूल मन्त्रलाई यथार्थमा बदल्न आफुले उम्मेदवारी दिएको उहाँकाे भनाई छ । संघलाई व्यापार, लगानी र उद्यमशीलताको हिसावले नेतृत्वदायी संस्थाको रुपमा स्थापित गर्न आवश्यक छ । ‘आर्थिक अनियमितता नियन्त्रण गरी प्रशासनिक पारदर्शिता कायम गर्ने, सुस्ताएको संघलाई सशक्त र व्यवसायी मैत्री बनाउने प्रतिवद्धता रिजालकाे छ ।
मन्दीको समयमा घर भाडा समस्या समाधान, व्यवसायी नितिहरुको वकालत, साझेदारी विकास, व्यवसायिक जोखिम न्यूनिकरण, उद्यम तथा व्यवसायको प्रवद्र्धन, संघलाई निजि क्षेत्रको एक भरोसा योग्य, सक्षम, गतिशील बनाउने रिजालले बताउनुभयाे ।
प्रतिवद्धताहरु
*धादिड उद्योग वाणिज्य संघ भित्र भएको आर्थिक अनियमिततालाई पूर्ण रुपमा नियन्त्रण र प्रशासनिक पारर्दशीता कायम गर्न,
* धादिङ उद्योग वाणिज्य संघको सुस्ताएको छविलाई शसक्त र व्यवसायी मैत्री बनाउन,
* “दिन होस् वा रातः धादिङ उद्योग वाणिज्य संघ सबै व्यवसायीहरुका साथ भन्ने मूल मन्त्रलाई केन्द्रमा राखी यर्थाथमा बदल्नका लागि काम गर्न,
* धादिङ उद्योग वाणिज्य संघ हालसम्म व्यक्तिमुखी संस्था हुन गएको हुँदा यसलाई व्यसायिक मुखी संस्था बनाउनका लागि,
* साना तथा मझौता व्यवसायिकहरुको हक हितका लागि व्यवसायिक गाजरुकता तथा सल्लाह सुझाव ग्रहण गरी बहुमतबाट प्राप्त भएको सल्लाह सुझाव मुताविक कार्य गर्नका लागि,
* खस्किदो अर्थतन्त्रले गर्दा केही वर्ष यता घरभाडामा लिई व्यवसाय गर्ने व्यावसायीहरुको साझा समस्याको रुपमा रहेको घरभाडाको विषयलाई समाधान गर्नका लागि समस्या समाधान सुझाव संकलन कार्यदल गठन गर्न,
* धादिङ उद्योग बाणिज्य संघलाई व्यापार, लगानी र उद्यमशीलताको हिसाबले नेतृत्वदायी संस्थाको रुपमा स्थापित गर्न,
* व्यवसाय मैत्री नीतिहरुको वकालत, साझेदारी विकास र व्यवसायिक जोखिमहरुलाई कम गर्दै नीति क्षेत्रको विकासलाई सघाउन,
* व्यवसायीहरुको क्षमता विकासको गरी प्रतिस्पर्धात्मक, गुणस्तर हासिलमा सघाउन,
* व्यवसायिकहरु, लगानीकर्ताहरु र अन्तराष्ट्रिय साझेदारीबीच अन्तरक्रियात्मक वातावरणको सिर्जना गर्न,
* उद्यमी/व्यवसायिकहरुलाई वित्तीय व्यवस्थापन र अनुपालनका लागि वित्तिय र कानुनी सेवाहरुको अवसर प्रदान गर्न ।
* जिल्लाको उद्योग स्थापना हुने सम्भाव्य स्थलहरुलाई औद्योगिक करिडोरका रुपमा विकास गर्न,
* प्रस्तावित राष्ट्रिय गौरवका आयोजनाहरुलाई गति दिन एवम् विकासका अन्य कामका नीति क्षेत्रको भूमिका स्थापित गर्न,
* परियोजनागत हिसाबले स्रोतको समन्वय गरी उद्यम/व्यवसायको प्रवर्द्धन गर्न,
* धादिङ उद्योग वाणिज्य संघलाई नीजि क्षेत्रको एक भरोसा योग्य, समक्ष र गतिशील बनाउन
वाणिज्य संघको आसन्न निर्वाचनमा कार्य समितिको वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उमेद्वारी घोषणा गरेको छु । यहाँहरुको सबैको सहयोग, सद्भाव र समर्थनको हार्दिक कामना गर्दछु ।
-सुदर्शन रिजाल, वरिष्ठ उपाध्यक्षको उमेद्वार
मिति : २०८१ पौष २३ गते मंगलबार ।