रुबी, जस्ता र तामा खानीकाे उत्पादन सम्भाव्यता अध्यायन गरिने प्रतिवद्धता

रुबी, जस्ता र तामा खानीकाे उत्पादन सम्भाव्यता अध्यायन गरिने प्रतिवद्धता

  • Kandara Samachar

  • आइतवार, पुस १४, २०८१

  • 89
    SHARES
रुबी, जस्ता र तामा खानीकाे उत्पादन सम्भाव्यता अध्यायन गरिने प्रतिवद्धता

धादिङ ।

उत्तरी धादिङकाे मानिसकाे विकास र जनताकाे आर्थिक समृद्धिका लागि रुवीभ्यालीको रुवी, जस्ता र तामा खानीको संभाव्यता अध्ययन गरिने बागमती प्रदेशका उद्योग, वाणिज्य, भुमी तथा प्रशासन मन्त्री सुकमाया तामाङले बताउनुभएकाे छ ।
आइतबार धादिङबेसीमा नेकपा एमाले धादिङका नेता कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले खानी विभागबाट विज्ञसहितको टोली ल्याएर उद्योग संचालनको समेत संभाव्यता अध्ययन गर्ने जानकारी दिनुभयाे ।
उद्योग धन्दा संचालनको लागि धादिङ, सिन्धुली, सिन्धुपाल्चोक लगायतका जिल्लाका खानीहरुमा खानी विभागको विज्ञहरु ल्याएर संभाव्यता अध्ययन गरी लगानी आव्हान गरेर उद्योग संचालनको प्रकृया अगाडि बढाउन आफु लाग्ने बताउनुभयाे ।
धेरै वर्षदेखि दर्ता भएर बसेको कम्पनीहरुको अवस्था बुझ्ने, ठाउँ मात्रै ओगटेर बसेका कम्पनीहरुलाई खारेज प्रक्रियामा लाने र विभिन्न बाधा अड्काउ फुकाएर नयाँ दर्ता प्रकृया सुरु गर्न समन्वय गर्ने पनि मन्त्री तामाङले विश्वास व्यक्त गर्नुभयाे ।
मालपाेत नापी लगायत कार्यालयमा जनताले दुख पाएकाे गुनासाेकाे सम्बाेधन गर्दै मन्त्री तामाङले मालपोत कार्यालयमा श्रेस्ताहरु अस्तव्यस्त देखिएकोले सुधार गर्न निर्देशन दिएकाे र छिटो छरितो ढंगबाट विना झन्झट सेवा दिन सम्बन्धित कार्यालय प्रमुखहरुलाई निर्देशन दिइएको तथा सुधार नगरे कानुनी कारबाही अगाडि बढाउने बताउनुभयाे ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar