धादिङ संचार सहकारीकाे साधारण सभा, सहकारी आन्दोलन जगाउन संचारमाध्यमको भुमिका महत्वपूर्ण रहेको उपप्रमुख विश्वकर्माको भनाई

धादिङ संचार सहकारीकाे साधारण सभा, सहकारी आन्दोलन जगाउन संचारमाध्यमको भुमिका महत्वपूर्ण रहेको उपप्रमुख विश्वकर्माको भनाई

  • Kandara Samachar

  • शनिबार, साउन १२, २०८१

  • 134
    SHARES
धादिङ संचार सहकारीकाे  साधारण सभा,  सहकारी आन्दोलन जगाउन संचारमाध्यमको भुमिका महत्वपूर्ण रहेको उपप्रमुख विश्वकर्माको भनाई

धादिङ ।

धादिङ संचार सहकारी संस्था लिमिटेडको एघारौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष बद्री अधिकारीको अध्यक्षतामा भएको साधाराण सभामा नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । सभालाई सम्बोधन गर्दै उप प्रमुख विश्वकर्माले सहकारी आन्दोलनलाई जगाउन संचारमाध्यमको भुमिका जरुरी रहेको बताउनुभयो ।
उहाँले सामुहिक भावना, सामुहिक आर्थिक स्थिती, सामुहिक अस्तित्वको भावनालाई कमजोर पारेर आफ्नोमात्र फाईदा पुर्याउन चाहने पुंजीवादी शक्तीहरु बिरुद्ध लड्दै शहकारी अन्दोलनलाई साथ दिन पत्रकारहरुलाई अग्रह समेत गर्नुभयो ।
सभामा संस्थाका महासचिव अर्जुन श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ कोे प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/२०८२ को लागि प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी कोषाध्यक्ष रेख बहादुर गुरुङले संस्थाका आर्थिक प्रतिवेदन तथा प्रस्तावित अनुमानित आय ब्याय प्रस्तुत गर्नुभएको थियो ।

धादिङ संचार सहकारी संस्था लि. देशको सहकारी ऐन अनुसार मिति २०७१ साल चैत्र ११ गते चौतारी संचार सहकारी संस्था लि. बाट नाम संसोधन भएको हो। चौतारी संचार सहकारी संस्था लि. मिति २०६८ साल जेष्ठ २४ गते तत्कालिन डिभिजन सहकारी कार्यालय, धादिङमा दर्ता भएको थियो । धादिङ जिल्ला भरका पत्रकारहरु शेयर सदस्य बन्न सक्ने व्यवस्था भए बमोजिम तत्कालिन समयमा सहकारी संस्थाको नाम धादिङ संचार सहकारी संस्था लि. राखिएको हो ।
सहकारी संस्थाले पत्रपत्रिका, अनलाईन, सहकारी शिक्षा रेडियो कार्यक्रम, पत्रकारिता सुचना केन्द्र संचालन र सहकारी शिक्षा सम्बन्धी क्रियाकलाप संचालन गर्न पाउने गरि मिति २०७१ साल चैत्र ११ गते नै पहिलो पटक विधान संसोधन भएको थियाे
६८ जना सेयर रहेकाे धादिङ संचार सहकारी संस्थालाई हाल क्रियाशिल बनाईएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar