नीलकण्ठमा कांग्रेसको १५औँ नगर अधिवेशन सम्पन्न

नीलकण्ठमा कांग्रेसको १५औँ नगर अधिवेशन सम्पन्न

  • Kandara Samachar

  • मङ्लबार, अशोज २०, २०८३

  • 61
    SHARES
नीलकण्ठमा कांग्रेसको १५औँ नगर अधिवेशन सम्पन्न
oplus_2

धादिङ ।

नेपाली कांग्रेस नीलकण्ठ नगरपालिका को १५औँ नगर अधिवेशन  सम्पन्न भएको छ।  अधिवेशनबाट पदमप्रसाद पोखरेलको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरिएको छ।

अधिवेशन नेपाली कांग्रेसका जिल्ला संयोजक गोपाल विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा बागमती प्रदेशका साम्सद गोविन्द लम्साल, नेपाली कांग्रेसका पूर्वउपसभापति रामकृष्ण अधिकारी, प्रदेशसभा क्षेत्र नम्बर ‘क’ का संयोजक बालकृष्ण नेपाली, निवर्तमान जिल्ला सदस्य नारायण पोखरेल, केन्द्रीय विधान मस्यौदा समितिका सदस्य बामदेव अधिकारी, बागमती प्रदेश सदस्य अमितसिंह कार्की, युवा नेता हरि अधिकारी, राम ढकाल, इन्जिनियर विनोद ढकाल, बसन्त परियार र विष्णु नेपालीलगायतको उपस्थिति थियो।

अधिवेशनको सभापतित्व नेपाली कांग्रेस नीलकण्ठ नगरपालिका संयोजक कपिल भट्टले गर्नुभएको थियो। कार्यक्रममा सहभागी नेताहरूले पार्टी संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउन स्थानीय तहदेखि नै संगठन विस्तार तथा कार्यकर्ताबीच एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

अधिवेशनबाट सभापतिमा पदमप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ। त्यस्तै उपसभापतिमा सरस्वती कोइराला, सचिवमा भीमबहादुर मगर र सहसचिवमा चेतबहादुर थापा क्षेत्री निर्वाचित हुनुभएको छ।

सदस्यहरूमा विष्णुप्रसाद पोखरेल, भगवती ढकाल, साधुराम ढकाल, पूर्णमान बराइली, भक्तबहादुर श्रेष्ठ, शेरबहादुर थापा मगर र तुलबहादुर विक निर्वाचित हुनुभएको छ।

नवनिर्वाचित कार्यसमितिलाई कार्यक्रमका सहभागी नेताहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar