बाढीमा बाबुआमा गुमाएका दुई बालकलाई छात्रवृत्ति रकम हस्तान्तरण

बाढीमा बाबुआमा गुमाएका दुई बालकलाई छात्रवृत्ति रकम हस्तान्तरण

  • Kandara Samachar

  • सोमवार, अशोज १९, २०८३

  • 64
    SHARES
बाढीमा बाबुआमा गुमाएका दुई बालकलाई छात्रवृत्ति  रकम हस्तान्तरण
oplus_2

धादिङ ।

भोटेकोसी बाढीमा बाबुआमा दुवै गुमाएका नीलकण्ठ नगरपालिका–१२ का दुई बालकलाई सितल छहारी नेपालले छात्रवृत्ति रकम उपलब्ध गराएको छ।

नीलकण्ठ नगरपालिका–३ स्थित किबो बोर्डिङ स्कुलमा सोमबार आयोजित कार्यक्रममा कक्षा ४ मा अध्ययनरत आर्जन लम्साल र कक्षा ८ का प्रतिक लम्साललाई जनही ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो। सितल छहारी नेपालका अध्यक्ष कृष्णबद्री पौडेलले दुवै बालकलाई चेक हस्तान्तरण गर्नुभयो।

भदौ १० गते भोटेकोसीमा आएको बाढीका क्रममा तीर्थयात्रामा गएको बस बेत्रावतीबाट बगेपछि प्रतिक र आर्जनले बाबुआमा गुमाएका हुन्। प्रतिकका बुबा प्रकाश लम्साल र आमा इन्दिरा लम्साल तथा आर्जनका बुबा रामशरण लम्साल र आमा जानुका लम्साल बाढीमा बेपत्ता भएका थिए।

बाबुआमा गुमाएपछि बालकहरूको पढाइ प्रभावित नहोस् भन्ने उद्देश्यले विद्यालयले पनि उनीहरूको शिक्षाको जिम्मेवारी लिने घोषणा गरेको छ। किबो बोर्डिङ स्कुलले दुवै विद्यार्थीबाट विद्यालय तहमा लाग्ने कुनै पनि शुल्क नलिई अध्ययन गराउने जनाएको छ।

विद्यालयका प्रिन्सिपल प्रयास रेग्मीका अनुसार पीडित परिवारलाई विद्यालयका तर्फबाट ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराइनेछ। यस्तै, विद्यालयका शिक्षकहरूले २ लाख ५० हजार रुपैयाँ र अभिभावक तथा विद्यार्थीले संकलन गरेको ३४ हजार ८ सय रुपैयाँ आर्जन लम्साललाई सहयोगस्वरूप उपलब्ध गराइनेछ

आर्जनकी आमा जानुका र प्रतिककी आमा इन्दिरा किबो बोर्डिङ स्कुलसँग आबद्ध रहेको विद्यालयले जनाएको छ।

कार्यक्रममा बालकहरूको परिवारको संरक्षकका रूपमा कृष्ण लम्साल, विद्यालयका प्रिन्सिपल प्रयास रेग्मी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीलगायतको उपस्थिति थियो।

यस्तै, किबाे बाेर्डिङकाे तर्फबाट ५० हजार रुपैयाँ, विद्यालयका शिक्षकहरूले २ लाख ५० हजार रुपैययाँ, अभिभावक तथा विद्यार्थीले संकलन गरेको ३४ हजार ८ सय रुपैयाँ आर्जन लम्साललाई सहयोगस्वरूप उपलब्ध गराइने प्रिन्सिपल प्रयास रेग्मीले जानकारी दिनुभयाे।

बाढीले परिवारका अभिभावक गुमाएका बालबालिकाको शिक्षामा असर नपरोस् भन्ने उद्देश्यले विद्यालय र सितल छहारी नेपालले गरेको सहयोगले उनीहरूको भविष्यप्रतिको चिन्ता केही कम हुने अपेक्षा गरिएको छ। बाबुआमा गुमाएका बालकहरूलाई पढाइमा निरन्तरता दिन विद्यालयले शुल्क मिनाहा गर्ने निर्णय गरेपछि परिवारले पनि राहत महसुस गरेको छ।

बाढीले दुई बालकबाट अभिभावकको साथ खोसे पनि उनीहरूको शिक्षाको बाटो रोक्न नहुने सन्देशसहित विद्यालय र सामाजिक संस्थाले गरेको यो सहयोगले संकटमा रहेका बालबालिकाको शिक्षालाई निरन्तरता दिन समुदायको साथ आवश्यक रहेको देखाएको छ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar