महिला स्वास्थ्य स्वयंसेविकाकाे आइरन चक्कीले सुत्केरीलाई राहत

महिला स्वास्थ्य स्वयंसेविकाकाे आइरन चक्कीले सुत्केरीलाई राहत

  • Kandara Samachar

  • शुक्रबार, साउन २२, २०८३

  • 101
    SHARES
महिला स्वास्थ्य स्वयंसेविकाकाे आइरन चक्कीले सुत्केरीलाई राहत
oplus_2

✍️ सीताराम अधिकारी/धादिङ ।

गजुरी गाउँ पालिका वडा नम्बर २ कि महिला स्वास्थ्य स्वयं सेविका काैशिला सेढाई काे ‘५ दिनकाे सुत्केरी भेट्न गाकाे गरिव पनि सुत्केरी हुनुपर्नि ……… दुख देखेर मनै खिन्न भयाे’ फेसबुकमा हालिएकाे भिडियाे यसपछिका कथाले रातमाटे छेपाङकी मरअञ्जली तामाङकाे घरमा रहत पुग्न थाल्याे ।

याे स्टाटसले समाचार बनाउने वातावरण बनायाे ।थप सूचना र तथ्यपरक रिपोर्टिङ पछि कन्दरा समाचार डटकम र न्यूजअफ नेपाल डटकममा समाचार बन्याे । अञ्जलीले एकछाक खाने खानाकालागि श्रीमानले ज्याला गरेर ल्याउनुपर्ने र बाटाे ढुकेर बस्नु परेकाे विषयले सामाजिक अभियानता र सहयाेगिहरुकाे मन पग्लियाे ।

अञ्जलीकाे श्रीमान पुर्णबहादुर  केहिवर्ष अघि ट्याक्टर दुर्घटनामा घाइते भएर खुट्टामा स्टिल हालेर बसिरहेका छन् । अञ्जलीकाे सासू ससुरादुुबैजना बाैद्धिक अपांग छन् ।

अंजलिकाे नागरिकता बनेपनि उनका श्रीमान पुर्णबहादुरकाे भने नागरिकता समेत छ‌ैन । उनिहरुकाे न जग्गा छ न त ओतलाग्ने छानाे  केवल एउटा आशामा बाचेकाे  सुत्केरीकाे आशाले राहत पाएकाे छ ।

अञ्जलीकाे घर नजिकै भएरपनि खासै जानकारी नभएर हाेला पहिला सहयाेगकाे महसुस भएकाे थिएन तर जब समाचार  आयाे त्यसकाे भाेलीपल्ट चामल, दाल, अण्डा लगायतकाे सामाग्री लिएर घर पुग्नुभयाे । आझै परे सहयाेग गर्छु उहाँकाे भनाई छ ।

बिहिबार टिम नेपालका प्रकाश कँडेल सहितकाे टाेली  सुत्केरीका लागि अण्डा, भाडा, सुत्केेरीले लगाउने, बच्चाका लागि कपडा, डसना तन्ना, ओढ्ने, खाना पकाउने भाडा आदी लिएर घरमा पुग्नुभयाे ।

पीडितलाई सहयाेग गरेपछि नगद समेत उपलब्ध गराउँदै कँडेलले याे परिवारका लागि चाहिने आवस्यकता अनुसारकाे कपडा सँधै उपलब्ध गराउने र आवस्यक सहयाेग गर्ने बताउनुभयाे ।

भुइँमा सुतेकाे सुत्केरी डसना सहितकाे खाटमा सुत्ने अवस्थामा पुग्नुभयाे, पाेषण, सरसफाई सामाग्रि, चामल, दाल लगायत खाद्यान्न, लगाउने सबै किसिमका कपडा र भाडाँ पाएपछि अञ्जलि तामाङ भावुक हुनुभयाे । शब्दले व्यक्त गर्न नसकिने खुसि हुँदै दाताहरुसंग अँगालाे मारेर आँसु झार्दै आफ्ना भनेकाे नाताले र रगतले हाेईन सच्चा मनले हुँदाे रहेछ भन्ने भाव व्यक्त गर्नुभयाे ।

अब एउटा सानाे ओत लाग्ने ठाउँ,  श्रीमानकाे उपचार र आफैले कमाएर खाने कुनै सीप तथा राेजगारी भए भरिपुर्ण हुने अञ्जलीकाे भनाई छ ।

सहयाेगि र समन्वयका लागि स्थानीय शिक्षक सुस्मिता पाण्डे र महिला स्वास्थ्य स्वयं सेविका काैशिला सेढाइँले गर्नु हुने छ भने सहयाेगिहरुले सहयाेगकाे प्रतिवद्धता समेत गर्नुभएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar