सूर्यज्याेती लाइफ इन्सुरेन्स धादिङकाे अभिकर्ता सम्मान र उपलब्धि समीक्षा

सूर्यज्याेती लाइफ इन्सुरेन्स धादिङकाे अभिकर्ता सम्मान र उपलब्धि समीक्षा

  • Kandara Samachar

  • आइतवार, साउन १७, २०८३

  • 90
    SHARES
सूर्यज्याेती लाइफ इन्सुरेन्स धादिङकाे अभिकर्ता सम्मान र उपलब्धि समीक्षा

धादिङ

सूर्यज्योति लाइफ इन्सुरेन्स धादिङद्वारा आयोजित अभिकर्ता सम्मान तथा उपलब्धि समीक्षा कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ ।

प्रथम विमाशुल्क संकलन गर्ने तथा  उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूको सम्मान गरिएकाे हाे ।

आर्थिक वर्ष ०८२/८३ मा प्रथम बिमा शुल्कबापत ४२१ जनाबाट ३ कराेड ५० लाख संकलन गरिएकाे धादिङ शाखाका प्रमुख जीवन सिलवालले जानकारी दिनुभयाे ।

०८२/८३ मा हरेक महिना उत्कृष्ट व्यवसाय गर्नेअभिकर्तालाई  सम्मान गरिएकाे छ ।

वर्षभरीमा   व्यक्तिगत काेडमार्फत उत्कृष्ट व्यवसाय गर्ने र सबैभन्दा धेरै विमालेख संकलन गर्ने राजकुमार गर्ताैला सहित चार/ चार जनालाइ कार्यक्रममा सम्मान गर्दै उपहार र टाेकनअफ लभ प्रदान गरिएकाे थियाे ।

टिम व्यवसाय तर्फ उत्कृष्ट व्यवसाय गर्ने ४ जना तथा ०८२/०८३ मा स्टार एजेन्सि बन्न सफल इश्वरी अर्याललाई सम्मान गरिएकाे छ ।

कार्यक्रमका अबसरमा कर्पाेरेट बिजनेश पाटनर सहारा महिला बचत तथा ऋण सहकारी संस्थालाइ समेत कदरपत्र प्रदान गरिएकाे थियाे ।

कार्यक्रममा बागमति प्रदेश प्रमुख चरणदास तिमल्सिना, तालिम तथा विकास विभाग प्रमुख उत्तम प्रसाद आचार्य, नेपाल पत्रकार महासंघका धादिङका अध्यक्ष सीताराम अधिकारी लगायतले आगामी दिनमा पनि ग्राहकप्रति समर्पित सेवा, व्यवसायिक उत्कृष्टता र संस्थाको निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयाे ।

आर्थिक वर्ष ०८३/८४ काे आधा महिनामा प्रथम बिमा शुल्क बापत ३ कराेड संकलन भएकाे र चालू आर्थिक वर्षमा देशकै उत्कृष्ट शाखा हुने गरि काम गर्ने सिलवालले बताउनुभयाे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar