गाेरक्ष हाइड्रोपावरका २ मजदुर आँखु खाेलाले बगाएर बेपत्ता

गाेरक्ष हाइड्रोपावरका २ मजदुर आँखु खाेलाले बगाएर बेपत्ता

  • Kandara Samachar

  • शुक्रबार, असार २६, २०८३

  • 46
    SHARES
गाेरक्ष हाइड्रोपावरका २ मजदुर आँखु खाेलाले बगाएर बेपत्ता

धादिङ

रुवीभ्याली गाउँ पालिका वडा नम्बर ४ इसिङ स्थित गाेरक्ष हाइड्रोपावरमा कार्यरत २ जना मजदुर आँखुखोलाले बगाएर बेपत्ता भएका छन् ।

लगातारको वर्षापछि आएको बाढीका कारण आँखुखोला तर्ने क्रममा गाेरक्ष हाइड्रोपावरकाे सुनाम निर्माण प्रालिका कर्मचारी मजदुर बाढिआएकाे अवस्थामा खाेलाले बगाएकाे हाे ।

बेपत्ता हुनेमा डडेल्धुरा जिल्ला अजयमेरु गाउँ पालिका वडा नम्बर ३ का ४१ वर्षीय रमेशबहादुर पाण्डे र राैतहट जिल्ला समनपुर गाउँ पालिका वडा नम्बर ५ का ३२ वर्षीय नवीन हुसेन मनसुरी रहेकाे जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दहालले जानकारी दिनुभयाे ।

खोला वारपार गर्ने क्रममा बाढीले बगाउँदा उनीहरू बेपत्ता भएका हुन्। घटनापछि स्थानीयवासी, सुरक्षाकर्मी तथा सम्बन्धित निकायले बेपत्ताको खोजी कार्य तीव्र रूपमा अघि बढाएका छन्।

उत्तरी धादिङकाे आँखुखाेला क्षेत्रकाे रुबीभ्याली खण्डमा वर्षाका कारण ठुलाे बाढि आएकाकारण मानिसहरु पालिका कार्यालयसम्म आउन समेत पाएका छैनन् ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar