६९औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा बालुवाफाँटमा रक्तदान कार्यक्रम सम्पन्न

६९औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा बालुवाफाँटमा रक्तदान कार्यक्रम सम्पन्न

  • Kandara Samachar

  • शुक्रबार, चैत्र २०, २०८२

  • 118
    SHARES
६९औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा बालुवाफाँटमा रक्तदान कार्यक्रम सम्पन्न

– नानु कार्की/ धादिङ 

६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा धादिङ जिल्लाको थाक्रे गाउँपालिका–११ बालुवा फाँटमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा २८ जना पुरुष र ११ जना महिलासहित कुल ३९ जनाले रक्तदान गरेका छन्।

मिलीजुली सहकारीको आयोजना, सिड्स नेपाल धादिङको सह-आयोजना र नेपाल रेडक्रस सोसाइटी धादिङ, केन्द्रीय रक्त संचार केन्द्र, स्वयंसेवी रक्तदाता समाज नेपाल धादिङको प्राबिधिक सहयोगमा सम्पन्न कार्यक्रममा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो। रक्त अभाव न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधिहरूले रक्तदान जीवनदान भएकाले यस्ता मानवीय कार्यमा सबैलाई सहभागी हुन आग्रह गरेका थिए। साथै, भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar