अपमानित भएर निर्वाचनमा नखटिन शिक्षकहरुलाई महासंघको आग्रह

अपमानित भएर निर्वाचनमा नखटिन शिक्षकहरुलाई महासंघको आग्रह

  • Kandara Samachar

  • सोमवार, फाल्गुन ११, २०८२

  • 7
    SHARES
अपमानित भएर निर्वाचनमा नखटिन शिक्षकहरुलाई महासंघको आग्रह

धादिङ
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सम्पन्न गर्न मतदानको दिन खटाइने कर्मचारीमा शिक्षकहरुलाई अपमानजनक रुपमा खटाइएको प्रति शिक्षकका पेशागत संगठनहरुले विरोध जनाउँदै विभेदपूर्ण व्यवहार नगर्न आग्रह गरेको छ ।
नेपाल शिक्षक महासंघ लगायतका पेशागत संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै सम्मानपूर्ण व्यवहार  गरि उपयुक्त जिम्मेवारी दिन आग्रह गरिएको छ ।
धादिङको गजुरी स्थित आदर्श उच्च माविका माशि द्वितिय श्रेणीका प्रधानाध्यापक सुरेश बस्नेत, माशि द्वितिय श्रेणीका रुद्र दनै र माशि द्वितिय श्रेणीका नवराज अधिकारीलाई सहायक कर्मचारीको रुपमा खटाएर अपमानपूर्ण व्यवहार गरिएकोआफूहरु निर्वाचन सम्पन्न गर्न दिएको जिम्मेवारी बहन गर्न नसक्ने प्रेस विज्ञप्ती नै प्रकाशन गरि असमर्थता जनाउनुभएको छ ।
नीलकण्ठ नगरपालिकाको शंखादेबि मावि माशि द्वितिय श्रेणी का प्रधानाध्यापक नित्यानत्द सुवेदीले पनि आफू पदीय मर्यादा अनुकूल नभएकोले जिम्मेवारी निर्वाह गर्न नसक्ने भन्दै असमर्थता जनाएर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन नै दिनुभएको छ ।
शिक्षकहरुमाथी अपमानपूर्वक र विभेदपूर्ण व्यवहार गरिएको यस किसिमको व्यवहान नगर्न आग्रह गर्दै अपमानपूर्वक खटाइएको शिक्षकहरुलाई निर्वाचन गराउने कार्यमा नजान आग्रह गर्दै प्रेस विज्ञप्ती निकालिएको हो ।
प्रेस विज्ञप्तीमा नेपाल शिक्षक महासंघका अध्यक्ष ठानप्रसाद बसौला, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हरीबहादुर सिलवाल, नेपाल शिक्षक संघका अध्यक्ष देबिप्रसाद छत्कुली, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष तिलक बहादुर चेपाङ, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष परशुराम दुवाडीले प्रेस विज्ञप्तीमा हस्ताक्षर गर्दै शिक्षकहरुलाई सम्मानपूर्वक व्यवहार गर्न आग्रह गरिएको छ ।
शिक्षकहरुले आपत्ती जनाएको सम्बन्धमा धादिङ क्षेत्र नम्बर २ का सहायक निर्वाचन  अधिकृत राजेन्द्र लुइटेलले शिक्षकहरुले आग्रह गरिए अनुसारमात्र सहायक मतदान अधिकृत र सहायक कर्मचारीको रुपमा खटाएको बताउँदै मतदान अधिकृतको रुपमा कुनैपनि शिक्षकलाई नखटाएको स्पष्ट पार्नुभयो ।

अपमान भयाे भनेर असमर्थता जनाउने शिक्षकहरुको स्थानमा अन्य कर्मचारी व्यवस्था गरेर मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम समेत सुरु भएको लुइटेलले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar