धादिङ ।
दक्षिणी धादिङको थाक्रे गाउँपालिका वडा नम्बर १ मा वडाको अधिकांस भाग सिंचाइ सुबिधा पुग्नेगरि वृहत आधुनिक सिंचाइ आयोजना काम भइरहेको छ ।
गाउँपालिका, संघ र प्रदेशको विशेष अनुदानमा ३ सय ५० घर परिवार लाभान्वित हुने सिंचाइ आयोजना आरुखर्क, देबिथान, मुलखोला, कार्कीडाँडा क्षेत्रसम्म सिंचाइ हुनेगरि योजना निर्माणधिन छ ।
निर्वाचनको समयमा पनि पहिल्यै सम्झौता भएको योनामा काम भइरहेको छ । १२ करोड ७३ लाख लगानी हुने र करिब ३ हजार रोपनी जमिन सिंचाइ हुने वृहत आधुििनक सिंचाइ योजनाले निर्माण सम्पन्न भएपछि नागरिकले एक वर्षमा नै लागन अनुसारको लिन सकिने अवस्थामा रहेको थाक्रे गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष श्याम थापाले बताउनुभयो ।
१३ ओटा रिजरवायर ट्यांकी निर्माण गरि लिफ्ट मार्फत पाइपबाट कृषकको बारीमा बेमौसी खेती गर्ने गरि सिंचाइ गर्न मिल्ने योजना भएकोले गाउँमै रोजगारी सिर्जना हुने छ भने समृद्धिको सुरुवात गाउँबाट हुने वडा अध्यक्ष थापाको भनाइ छ ।
भुमि त्रिपाठी सामाजिक रुपमा काम गरिरहनु भएकोले अहिले उम्मेदवार भएपछि गाउँपुग्दा गाउँबासीले भव्य स्वागत गर्दै सिंचाइ योजना गाउँको लागि गौरबको योजना रहेकोले छिटो पुरा गर्ने निति र कार्यक्र ल्याउन आग्रह गरेका थिए ।
सिंचाइ योजनाले समृद्ध नेपालको सपना पुरा गर्ने भएकोले एमालेले ल्याएको निति अनुसार विकास गर्ने र सुखि नेपाली हुने एमाले उम्मेदवार त्रिपाठीले बताउनुभयो ।
मतदाता भेटघाटमा पुग्दै गर्दा त्रिपाठी थाक्रे गाउँपालिका वडा नम्बर १ २ को ढाँडे, कार्कीडाँडा, देबिस्थान, घलेगाउँ, लामागाउँ, देबिस्थान, गुम्बाडाँडा लगायतका क्षेत्रका मतदाताका सुझाव र समस्या संकलन गर्दै र निति बनाएर कार्यक्रम योजना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । व्यवहारमा हुनेगरि निशुल्क शिक्षा, स्वास्थ्य नितिगत रुपमा बनाउने र सबै नागरिकको घरमा खानेपानी पुग्नेगरि निति बनाउने प्रतिबद्धता एमाले उम्मेदवार त्रिपाठीले गर्नुभयो ।