अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अबसरमा धादिङमा नेपाल मानवअधिकार वर्ष पूस्तकको पूर्व समीक्षा

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अबसरमा धादिङमा नेपाल मानवअधिकार वर्ष पूस्तकको पूर्व समीक्षा

  • Kandara Samachar

  • बुधबार, मंसिर २५, २०८२

  • 103
    SHARES
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अबसरमा धादिङमा नेपाल मानवअधिकार वर्ष पूस्तकको पूर्व समीक्षा
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अबसरमा नेपाल मानवअधिकार वर्ष पूस्तकको पूर्व समीक्ष
धादिङ ।
७७ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अबसरमा धादिङबेसीमा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व समीक्षा र युवा मानवअधिकार रक्षक संजालको गठन गरिएको छ ।
नेपाल पत्रकार महासंघ, गैसस महासंघ, इन्सेक, रोयम नेपाल, आइसिडिसि नेपाल, फोकस नेपाल, प्रयास नेपाल, सहयात्री समाज नेपाल, मानवअधिकार एलाएन्स, ग्लोबल नेपालको आयोजना र नीलकण्ठ नगरपालिका लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान मूल आयोजक समितिको सहकार्यमा सम्पन्न भएको कार्यक्रमको जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ का लागि धादिङमा संकलन गरिएका घटनाहरुको विवरण इन्सेक प्रतिनिधि एवं नेपाल पत्रकार महासंघ धादिङ सीताराम अधिकारीले प्रस्तुती गर्दै ५२ ओटा घटनामा ५९ जना पीडित भएको उल्लेख गर्नुभयो ।
संकलित घटनामध्ये कारागारमा मृत्यु ३ जना, घाइते ७ जना, हत्या ३ जना, संचारकर्मीमाथी धम्की २ जना, बलात्कार घटनामा ५ जना, बलात्कार पीडितको मृत्यु एक जना, बलात्कार प्रयासमा ३ जना, घरेलु हिंसामा १६ जना, बालिका बलात्कारमा १२ जना, बालयौन दुरव्यवहार तथा बालयौन दुरुपयोगमा ७ जना बालिका पीडित भएका छन् भने जातीय विभेदको घटनामा एक जना पीडित भएको इन्सेकले प्रतिवेदनमा उल्लेख गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख कूलमान विश्वकर्माले नागरिकको आधारभुत अधिकारनै मानव अधिकार भएकोले पुरा गर्नका लागि नागरिकलाई शशक्तिकरण गर्दै अघिबढ्नु पर्ने बताउनुभयो बालबालिका, लिंगीय, जातीय, अपांगता भएका तथा जेष्ठ नागरिकको अधिकारका लागि सामुहिक रुपमा काम गरेर मानवअधिकार प्रत्याभुति गर्न प्रतिवद्धता व्यक्त गर्नुपर्ने उपप्रमुख विश्वकर्माले बताउनुभयो ।
नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले लैंगिक हिंसा पीडित राहत कोष, अपांगता तथा जेष्ठ नागरिक सामाजिक सुरक्षाका थप कार्यक्रम ल्याएको उल्लेख गर्दै महिला समान सहभागिता र परिवर्तको लागि स्थानीय सरकारले काम गरेको र अझै मानवअधिकार मैत्री का मर्ग आफु प्रतिवद्ध रहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले मानवअधिकार संरक्षणका लागि सरकारले स्थापना गरेका संरचनाहरु प्रयोग गदर्न आग्रह गर्दै एउटा महिलाले आफ्नो अस्मितामाथी चुनौती आयो भनेर उजुरी आयोभने पहिलो प्रमाणको रुपमा निवेदनलाई नै लिने र र अनुसन्धान गर्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुमित खड्काले महिलामाथी हुने कुनैपनि हिंसा र यौनजन्य घटनामा सुन्य सहनशीलता रहने बताउँदै मानवअधिकार वर्ष पुस्तकमा प्रकाशनका लागि आएका मानवअधिकार विरोधी घटनालाई जस्ताको तस्तै उल्लेख गरिदिन अनुरोध गर्नुभयो ।
गैसस महासंघका अध्यक्ष तोलाकुमारी पाठकको अध्यक्षतामा भएको कार्यक्रममा महिला अधिकार रक्षक गायत्री खतिवडा, प्रेरणा बस्नेत, दलित सेवा संघका अध्यक्ष श्याम मगराती, शरिशरण धिताल लगायतले मानवअधिकारको सवालमा साझा प्रतिवद्धता र सामाजिक न्यायका लागि विविध आयामहरुमा काम गर्नु पर्नेमा जोड दिनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar