चालिसेमा दुर्घटना, ७ सवारी ठाेक्किए, घाइतेको यकिन संख्या आउन बाँकी

चालिसेमा दुर्घटना, ७ सवारी ठाेक्किए, घाइतेको यकिन संख्या आउन बाँकी

  • Kandara Samachar

  • शनिबार, मंसिर २१, २०८२

  • 87
    SHARES
चालिसेमा दुर्घटना, ७ सवारी ठाेक्किए, घाइतेको यकिन संख्या आउन बाँकी

धादिङ

धादिङकाे धुनिबेँशी नगरपालिका वडा नम्बर ६ चालिसेस्थित पृथ्वी राजमार्गमा सोमबार साँझ करिब ४ बजे भएको सात ओटा सवारी साधन ठाेक्किएर दुर्घटनाभएकाे छ ।

काठमाडौंबाट गजुरीतर्फ तथा विपरीत दिशाबाट गुडिरहेका सवारी साधनहरू एकआपसमा ठोक्किँदा दुर्घटना भएकाे हो।

काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा.प्र.००१ क ००११ नम्बरको स्कुल बस, सोही दिशातर्फ गइरहेका NL 01 AB 4654 नम्बरको डिब्बा गाडी, ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल र GJ 03 AK 3231 नम्बरको बस तथा विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ८५५१ नम्बरको बस र बा १ प ९१७ नम्बरको पर्यटक बस एकआपसमा ठोक्किएका हुन्।

भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य गाडीलाई ठक्कर दिएकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताउनुभयाे ।

दुर्घटनामा दुई वटा बसमा सवार धेरैजसाे यात्रु घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्था र काठमाण्डाैतर्फ पठाइएकाे प्रहरीले जनाएकाे छ । घाइतेको संख्या प्हरीले एकिन गर्न सकेकाे छैन ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय खानिखोलाबाट प्रहरी निरीक्षक नन्दराज जैसीको कमाण्डमा खटिएको प्रहरी तथा ट्राफिक टोलीले घाइतेहरूलाई तत्काल उद्धार गरी स्थानीय स्वास्थ्य संस्थाहरू र काठमाडौँतर्फ उपचारका लागि पठाएको जनाइएको छ।

घाइतेकाे यकिन तथ्यांक प्राप्त हुन बाँकी छ ।

दुर्घटनाका कारण पृथ्वी लोकमार्गको उक्त खण्ड दुईतर्फी रूपमा अवरुद्ध बनेको छ भने सडक सुचारु गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar